IPhone 7 get blasted आइफोन सेभेन पड्किएको दाबी/

आइफोन सेभेन पड्किएको दाबी


क्यालिफोर्निया–एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणकालागि सँधै प्रतिस्पर्धा गर्ने गर्दछन्।  तर, हालै सावैजनिक भएकोे एक घटनाले एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइल पड्किनेमासमेत प्रतिस्पर्धामा रहेको देखाएको छ।
हालै अस्ट्रेलियाका एक प्रयोगकर्ताले आइफोन सेभेन पड्किएको बताएपछि एप्पलले यसबारे अनुसन्धान सुरु गरिएको बताएको छ। आइफोन सेभेनका केही प्रयोगकर्ताहरुले केहि दिन अघि आफ्नो आइफोन सेभेन पड्किएको बताएका थिए। अस्ट्रेलियाका प्रयोगकर्ता ग्याट जोन्सले आफूले आइफोन सभेन कारमा छोडेको र उक्त आइफोन पड्किएर आफ्नो कारमा समेत क्षति भएको बताएका थिए ।
उनको क्षतिग्रस्त कार र पड्किएको आइफोन सभेनको तस्बिर अस्ट्रेलियाको एक टेलिभिजन च्यानलले प्रशासण गरेपछि आइफोनले यस बारे  आफ्नो ध्यानाकर्षण भएको बताएको छ। आइफोनका प्रवक्ता र्फच्युनले भने, ‘हामीले हाम्रो नयाँ उत्पादन आइफोन सेभेन पड्किएको भन्ने गुनासोमा सम्बन्धित प्रयोगकर्तासँग छलफल गरिरहेका छौं  र यस बारे थप अनुसन्धान भैरहेको छ।’
केही महिना अघि स्यामसुङको नयाँ उत्पादन ग्यालेक्सि नोट सेभेनको ब्याट्री पड्किएपछि स्यामसुङले विश्वव्यापी  रुपमा नै नोट सेभेनको बिक्री वितरण बन्द गरेको थियो। साथै केही विमान कम्पनीले उडनको समयमा यात्रुहरुलाई नोट सभेन बोक्न प्रतिबन्ध लगाएका थिए।
#Don't forget to Like & share...



Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.