Page Nav

HIDE
Friday, April 18

Pages

Breaking News:

राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग,

राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग राष्ट्रपति र उनको परिवारको जुत... राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको ...



राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग

राष्ट्रपति र उनको परिवारको जुत...

राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको स्थानीयको टिप्पणी 

अवधेशकुमार झा, सखडा (सप्तरी)

कार्तिक ६, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य व्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको प्रयोग गरेको पाईएको छ । 
शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पुऱ्याएका थिए । 
निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुन: सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पुऱ्याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए ।
Source:-ekantipur


No comments

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

How to prepare Work Experience Program ( WEP ) or on the jo...

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Aama nepali cover song by Kalpana saud

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको...