मैथिली भाषा, के हामी साच्चै मैथिली भाषा भाषी हाैँ? यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना मात्री भाषा को बारेमा? केही समय दिएर अव्सय पढाै।

                         मैथिली भाषा 

के हामी साच्चै मैथिली भाषा भाषी हाैँ?

यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना  मात्री भाषा को बारेमा।



Maithilīभारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरीबिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावलेबङ्गालीआसामीउडिया रनेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नैतिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।[४] हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । [५]
सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।[६] सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।[७] भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । [८] सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।[९]

भौगोलिक अवस्था

नेपालमा मैथिली तराईका जिल्लाहरू धनुषा,सर्लाहीमहोत्तरीसिरहासप्तरीसुनसरी रमोरङमा बोल्ने गरिन्छ ।[१]</ref> यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै कायस्थ, राजपुत, ब्राह्मण, खत्वे, चमार, यादव र अन्य वर्गद्वारा बोल्ने गरिन्छ ।[४] संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ ।[८]भारतको साहित्य प्रतिष्ठानद्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ । भारतमा मैथिली उत्तरी बिहारको मधुबनीदरभंगासुपौल र सहरसाजिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै नयाँ दिल्ली,मुम्बई र कोलकातामा पनि छन् ।

विकास

मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ । योत्रेता युगमा मिथिलाका राजा जनकको राज्यभाषा थियो ।[१०] यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ । प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ ।विद्यापति मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन ।[११] विद्यापतिले मैथिली वाहेक संस्कृततथा अवहट्टमा पनि रचनाहरू लेखेका छन् । यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो । भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाईमातृभाषाको रूपमा प्रयोग गर्छन ।[१२] नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ ।[१३] यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ । मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ ।[१४][१५] मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ । मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो । नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन । अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ । हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ ।

उपयोग

लगभग ४ देखि ५ करोड मानिस मैथिलीकामातृभाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।

साहित्य

मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापति(१३५०-१४५०) लाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् ।
मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ । यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको वैद्यनाथ मन्दिरमा स्थापित गरिएको छ ।[१६]
कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो ।[१७]

मैथिली पञ्चाङ्ग

मैथिली पञ्चाङ्ग वा तिरहुता पञ्चाङ्ग भारत र नेपालको मैथिली समुदायद्वारा प्रयोग गर्ने गरिन्छ । यो विभिन्न हिन्दू पञ्चाङ्गहरू मध्येको एक हो । वर्षको सुरूवात बैसाखबाट हुन्छ ।
मैथिली महिनाको नाम र महिनामा दिनहरू[१८]
क्रम.मैथिली नाम (देवनागरी)संस्कृतनेपालीEnglishदिनहरू (पारम्परिक हिन्दू सौर्य क्यालेन्डर)
बैसाखवैशाखवैशाखapr/may३० / ३१
जेठज्येष्ठज्येष्ठmay/jun३१ / ३२
आषाढआषाढआषाढjun/jul३१ / ३२
सावोनश्रावणश्रावणjul/aug३१ / ३२
भादोभाद्रपद, भाद्र, प्रोष्ठपदभाद्रaug/sep३१ / ३२
आसिनआश्विनआश्विनsep/oct३१ / ३०
कातिककार्तिककार्तिकoct/nov२९ / ३०
अगहनअग्रहायण, मार्गशीर्षमंसिरnov/dec२९ / ३०
पूसपौषपुसdec/jan२९ / ३०
१०माघमाघमाघjan/feb२९ / ३०
११फागुनफाल्गुनफाल्गुनfeb/mar२९ / ३०
१२चैतिचैत्रचैत्रmar/apr३० / ३१

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav