Page Nav

HIDE

Breaking News:

latest

मैथिली भाषा, के हामी साच्चै मैथिली भाषा भाषी हाैँ? यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना मात्री भाषा को बारेमा? केही समय दिएर अव्सय पढाै।

                         मैथिली भाषा  के हामी साच्चै मैथिली भाषा भाषी हाैँ? यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना  मात्री भाषा को बा...

                         मैथिली भाषा 

के हामी साच्चै मैथिली भाषा भाषी हाैँ?

यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना  मात्री भाषा को बारेमा।



Maithilīभारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरीबिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावलेबङ्गालीआसामीउडिया रनेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नैतिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।[४] हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । [५]
सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।[६] सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।[७] भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । [८] सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।[९]

भौगोलिक अवस्था

नेपालमा मैथिली तराईका जिल्लाहरू धनुषा,सर्लाहीमहोत्तरीसिरहासप्तरीसुनसरी रमोरङमा बोल्ने गरिन्छ ।[१]</ref> यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै कायस्थ, राजपुत, ब्राह्मण, खत्वे, चमार, यादव र अन्य वर्गद्वारा बोल्ने गरिन्छ ।[४] संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ ।[८]भारतको साहित्य प्रतिष्ठानद्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ । भारतमा मैथिली उत्तरी बिहारको मधुबनीदरभंगासुपौल र सहरसाजिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै नयाँ दिल्ली,मुम्बई र कोलकातामा पनि छन् ।

विकास

मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ । योत्रेता युगमा मिथिलाका राजा जनकको राज्यभाषा थियो ।[१०] यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ । प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ ।विद्यापति मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन ।[११] विद्यापतिले मैथिली वाहेक संस्कृततथा अवहट्टमा पनि रचनाहरू लेखेका छन् । यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो । भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाईमातृभाषाको रूपमा प्रयोग गर्छन ।[१२] नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ ।[१३] यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ । मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ ।[१४][१५] मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ । मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो । नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन । अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ । हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ ।

उपयोग

लगभग ४ देखि ५ करोड मानिस मैथिलीकामातृभाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।

साहित्य

मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापति(१३५०-१४५०) लाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् ।
मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ । यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको वैद्यनाथ मन्दिरमा स्थापित गरिएको छ ।[१६]
कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो ।[१७]

मैथिली पञ्चाङ्ग

मैथिली पञ्चाङ्ग वा तिरहुता पञ्चाङ्ग भारत र नेपालको मैथिली समुदायद्वारा प्रयोग गर्ने गरिन्छ । यो विभिन्न हिन्दू पञ्चाङ्गहरू मध्येको एक हो । वर्षको सुरूवात बैसाखबाट हुन्छ ।
मैथिली महिनाको नाम र महिनामा दिनहरू[१८]
क्रम.मैथिली नाम (देवनागरी)संस्कृतनेपालीEnglishदिनहरू (पारम्परिक हिन्दू सौर्य क्यालेन्डर)
बैसाखवैशाखवैशाखapr/may३० / ३१
जेठज्येष्ठज्येष्ठmay/jun३१ / ३२
आषाढआषाढआषाढjun/jul३१ / ३२
सावोनश्रावणश्रावणjul/aug३१ / ३२
भादोभाद्रपद, भाद्र, प्रोष्ठपदभाद्रaug/sep३१ / ३२
आसिनआश्विनआश्विनsep/oct३१ / ३०
कातिककार्तिककार्तिकoct/nov२९ / ३०
अगहनअग्रहायण, मार्गशीर्षमंसिरnov/dec२९ / ३०
पूसपौषपुसdec/jan२९ / ३०
१०माघमाघमाघjan/feb२९ / ३०
११फागुनफाल्गुनफाल्गुनfeb/mar२९ / ३०
१२चैतिचैत्रचैत्रmar/apr३० / ३१

No comments