बंगलादेशसँग अप्टिकल फाइबर जोडिने

    बंगलादेशसँग अप्टिकल फाइबर जोडिने


        करिब पाँच महिनाअघि चीनसँग अप्टिकल फाइबरमा जोडिएको नेपालले अब बंगलादेशसँग पनि सञ्जाल बनाई ब्यान्डविथ खरिद गर्ने भएको छ । नेपाल दूरसञ्चाजर प्राधिकरणले बंगलादेशसँग अप्टिकल फाइबर सञ्जाल विकास गरी ब्यान्डविथ खरिदको प्रक्रिया अघि बढाउने भएको हो । ‘सूचना–प्रविधि सेवाका लागि एउटै मुलुकको पूर्वाधारमा भर पर्नु राम्रो होइन,’ प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने, ‘त्यसैलाई मध्यनगर गरी हामीले बंगलादेशसँग पनि अप्टिकल फाइबर जोड्ने पहल थालेका छौं ।’ हाल नेपाली कम्पनीहरूले भारतीय बाटोबाट मात्र ब्यान्डविथ खरिद गरिहेका छन् ।
यही असोज १८ देखि २० सम्म बंगलादेशको ढाकामा भएको १७ औं दक्षिण एसियाली दूरसञ्चार नियामक परिषदमा सहभागी हुने क्रममा आफूले फाइबर विस्तारका विषयमा बंगलादेशसँग छलफल गरेको बताए । ‘बंगलादेशका कम्पनी नेपालमा ब्यान्डविथ बेच्न तयार छन्,’ उनले भने, ‘पूर्वाधार विकासका लागि पनि उनीले काम गर्छन् ।’
परिषद् पछि दुइटा ब्यान्डविथ विक्रेता कम्पनीसँग छलफलसमेत भएको उनले बताए । ‘उनीहरूले नेपालमा ब्यान्डविथ बेच्न तयार रहेको बताएका छन्,’ झाले भने, ‘त्यसका लागि पूर्वाधार विकास र भारतको भू–भागबाट अप्टिकल फाइबर ल्याउने विषयमा हामीले सहजीकरण गर्नुपर्नेछ ।’
प्राधिकरणले बंगलादेशसँग फाइबार सञ्जाल जोड्नका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि भारतसँग सहकार्य अघि बढाउने भएको छ । ‘हामी यसबारे विस्तृत प्रस्ताव बनाएर मन्त्रालय पठाउँछौं,’ उनले भने, ‘त्यसलाई मन्त्रालयले अघि बढाउनेछ ।’
बंगलादेशबाट नेपालसम्म अप्टिकल फाइबर ल्याउनका लागि त्यहाँको उत्तरी नाका बंगलाबन्दलाई प्रयोग गरिनेछ । बंगलाबन्दबाट भारतको फूलबारी नाका हुँदै सिलगुडीबाट नेपालको काकडभिट्टा हुँदै नेपालमा फाइबर जोड्ने पहल थालिएको हो । पूर्व–पश्चिम राजमार्गमा अप्टिकल फाइबर बिछ्याइसकिएकाले बंगलादेशसँग फाइबर सञ्जाल जोड्न खासै अप्ठेरो नहुने झाको दाबी छ ।
भारतीय क्षेत्रमा पनि त्यहाका सेवा प्रदायकले फाइबर बिछ्याएसकेकाले उनीहरूसँगै सहकार्य गरेर बंगलादेशी कम्पनीसँग सम्झौता गर्न सकिन्छ । दक्षिण एसियाका सबै मुलुकलाई फाइबर सञ्जालमा जोड्ने दक्षिण एसियाली सूचना मार्ग (सासेक) परियोजनाले पनि नेपाल र बंगलादेशलाई फाइबरमा जोड्ने योजना अघि बढाएको छ । तर, योजनाअन्तर्गत काम हुन नसक्दा यसले गति लिएको छैन ।
प्राधिकरणले भने सासेक योजनाअन्तर्गत नभई छुट्टै योजना अघि बढाउने झाले जानकारी दिए । बंगलादेशले भारतको उत्तरपूर्वी राज्यहरूमा अप्टिकल फाइबर जोडिसकेको छ । त्रिपुरा र आसाममा अहिले बंगलादेशले अप्टिकल फाइबरमार्फत ब्यान्डविथ बिक्री गरिरहेको छ । भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशी प्रधानमन्त्री सेख हसिनाबीच गत चैतमा मात्र बिजुली र ब्यान्डविथ साझेदारी सम्झौता भएको थियो । सम्झौताअनुसार भारतले बंगलादेशलाई १ सय मेगावाट बिजुली दिएको थियो भने बंगलादेशले भारतको उत्तरपूर्वी राज्यहरूमा १० गिगाबाइट प्रतिसेकेन्डको ब्यान्डविथ उपलब्ध गराएको थियो । त्यसका लागि बंगलादेशले भारतीय सीमा क्षेत्रमा छुट्टै गेटवेसमेत बनाइसकेको छ ।
गत जेठमा नेपाल–चीन बिच अप्टिकल फाइबर जोडिएर परीक्षण सफल भए पनि अझै व्यावसायिक कारोबार भने हुन सकेको छैन । बंगलादेशसँग फाइबर सञ्जाल विकास भएमा भने सजिलै व्यावसायिक कारोबारसमेत हुने झाको दाबी छ । ‘बंगलादेशबाट ब्यान्डविथ आउँदा अहिले नेपाली कम्पनीले किनेको भन्दा सस्तो पर्न सक्छ,’ उनले भने, ‘त्यसले व्यावसायिक कारोबार सम्भव हुने देखिन्छ ।’

If u like our post then forget to Like and share...


Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८