७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी

७ पैसामै टेलिकमकाे १ एमबी डाटा, थ्रिजी सेवा देशव्यापी
काठमाडौं–  नेपाल टेलिकमले सञ्चालनमा ल्याएको थ्रिजी सेवा ९ वर्षपछि देशव्यापी रुपमा विस्तार गरिएको छ । २०६४ सालमा सुरु गरिएको थ्रिजी सेवा डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा सञ्चालन गरेसँगै जिएसएम प्रविधिको थ्रिजी सेवा ७५ वटै जिल्लामा पुगेको हो ।
टेलिकमले गत बुधबार दुनैमा र बिहीबार सिमिकोटमा सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले सुरुआतमा उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा सेवा सञ्चालन गरेको थियो । थ्रिजी सेवामा भ्वाइस सेवाका साथै उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ ।
७ पैसामै एक एमबी डाटा
नेपाल टेलिकमले नाइट डाटा प्याकेज अन्तर्गत जिएसएम तथा सिडिएमए दुवैमा प्रतिएमबी ७ पैसामा उक्त सेवा उपलब्ध गराइरहेको छ । दसैं, तिहार र छठको उपलक्ष्यमा प्रदान गरिएको उक्त सेवा सबैभन्दा सस्तो रेट हो । राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने सो अफरमा ४० रुपौयाँमा ५ सय एमबी तथा ८५ रुपैयाँमा १२ सय एमबी डाटा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने छ ।
त्यस्तै टेलिकमको डाटा अफरअन्तर्गत १ सय एमबीको डाटा ५० रुपैयाँमा तथा २ सय ५० एमबीको डाटा १ सयमा उपलब्ध गराइएको छ । डाटा प्रयोगकर्ताले १० मिनेट भ्वाइस कल तथा १० वटा एसएमएस निःशुल्क प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ ।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav