Yoginiya Won The Final. योगिनि युवा क्रीकेट कल्ब (YYCC) बने योगिनि युवा कपको विजेता र हनुमान नगर युवा कल्ब (HYCC) उपविजेतामै सिमित।


              दशै तिहार र छठ पर्वको पावन अवसरमा यहि मिति २०८३/०६/३० गते देखि योगिनी युवा क्रीकेट कल्ब (YYCC)द्धारा संचालित नकौट T-20 टुनामेन्टको Final तथा अन्तिम खेलमा योगिनि युवा क्रीकेट कल्बलाई ३२ रनको सानदार  जित।

The winner cup

टच जितेर पहिला बतिङ रोजेका योगिनि युवा क्रिकेट कल्बले अाफ्नो पहिलो विकेट प्रथम अोभरमा ६ रनमै गुमाए भने दोस्रो , तेस्रो र चाैथाै विकेट ८ रनमा गए। लगातार जाँदै गरेको विकेटलाई कप्तान प्रदिप साहले एक छोरबाट साहले भने अर्को छोरबाट कप्तान प्रदिपलाई सोनु मिश्रा र पुर्वकप्तान गगन यादवले साथ दिए। कप्तान प्रदिप साहको २४ बल्लमा १० छक्का , ४ चाैक्का र ४ सिङलको मद्दतले
योगिनी युवा क्रीकेट टिम १७ अोभर खेल्दै अाफ्ना सम्पुर्ण विकेट गुमाउँदै १२८ रन बनाउन सफल भए। YYCC का लागि अरु कुनै बट्समैनले दोहरो अंक छुन सकेन।
हनुमान नगर युवा कल्ब (HYCC) का लागि फ्रिदोस र प्रबाजले ३-३ विकेट लिए भने अजाद अलिले २ विकेट हात पारे, जय चाैधरी र दुर्गाको खातामा पनि १-१ विकेट गए।

   १२९ रनको लक्ष लिएर जवाफी बटिङ गर्न मैदानमा उतरेका हनुमान नगर युवा कल्ब (HYCC) पनि अाफ्नो पहिलो विकेट दोस्रो अोभरमा ८ रन कनाउदै गुमाए । दोस्रो , तेस्रो र चाैथाै विकेट ११, २२ र २७ रनमा गुमाएका हनुमान नगर युवा कल्ब (HYCC) १८ अोभर खेल्दै ९६ रनमा अाफ्ना सम्पुर्ण विकेट गुमई उपविजेतामै चित बुझाउन पुगे । HYCC का लागि सबैभन्दा अधिक जय चाैधरीले १५ बल्ल खेल्दै २२ रन बनाई रामप्रसाद यादवको सिकार भए । हनुमान नगर युवा कल्ब (HYCC)का लागि अनिल मण्डलले ७ बल्लमा १२ रनका योगदान दिए भने अरु कुनै बट्समनले दोहरो अंक छुन सकेन।
योगिनी युवा क्रीकेट कल्बका लागि सबैभन्दा अघिक रविन्द्र यादवले ३ विकेट लिए भने २-२ विकेट गरि सुरेन्द्र मण्डझ, अजाद र रामप्रसाद यादवको झोलीमा गए। अनिल मण्डललाई गगन यादवको बल्लमा रनअाउट गराउदै सरोज साहले १ विकेट अाफ्नो नाम पार्दै  योगिनी युवा क्रीकेट कल्ब (YYCC) लाई ३२ रनको जित दिलाए।

२४ बल्लमा ८० रन बनाएका कप्तान प्रदिप साह मेन अफ द मँच बने भने मेन अफ द सिरिज सुरेन्द्र मण्डलले प्राप्त गरे त्यसै गरि रामप्रसाद यादवको नाममा वेस्ट बल्लरको उपाधि गयो।

विजेता योगिनि युवा कल्बले बिजेता सिलकप र नगद रु ५००/- रा.प्रा. पा जिल्ला अध्यक्ष बहडखेरबाट प्रप्त गरे भने उपविजेता हनुमान नगर युवा कल्ब (HYCC) ले उपविजेता सिलकप र नगद रु २५०/- मै चित बुझाए

#यदि तपाईंलाई हाम्रो पोस्ट मन पर्छ भने Like & share गर्न नविर्सिनु होला।



Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav