Posts

Showing posts with the label Technology

नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?

Image
नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?     अनलिमिटेडको अर्थको असीमित - कुनै पनि प्रकारको बाधा र रोक नभएको । तर तपाईंले इन्टरनेट सेवा प्रदायकसँग लिएको “अनलिमिटेड” इन्टरनेट साचिकैमा असीमित नै होइन । सेवा प्रदायकहरूले FUP अर्थात् Fair Usage Policy ( उचित उपयोग नीति ) भन्दै प्रयोगकर्ताले कति इन्टरनेट प्रयोग गर्न पाउछन् भन्ने कुरामा सिमा लगाएका हुन्छन् ।   उक्त सिमाभन्दा बढी इन्टरनेट प्रयोग भएको खण्डमा सेवा प्रदायकले तपाईंको “अनलिमिटेड” इन्टरनेटलाई स्लो बनाउने गर्छन । कति इन्टरनेट प्रयोग गरेपछि स्लो गर्ने र कुन हदसम्म स्लो गर्ने भन्ने कुरा चाँही सेवा प्रदायकसँगै फरक फरक हुन्छ । नेपालका मुख्य इन्टरनेट सेवा प्रदायक सुविसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक आदि सबैले विगतका धेरै नै वर्षहरू देखि आफ्नै आफ्नै प्रकारको फेयर युजेज पोलिसीहरू लगाउँदै आएका छन् । FUP ले तपाईंलाई असर गर्छ त ? यदि तपाईंले सेवा प्रदायकले तोकेको भन्दा बढी डेटा प्रयोग गर्नु भयो भने तपाईंको स्पिडमा निकै ठूलो गिरावट आउनसक्छ । तर यदि तपाईं सेवा प्रदायकले तोकेकोभन्दा कम नै इन्टरनेट ...

IPhone 7 get blasted आइफोन सेभेन पड्किएको दाबी/

Image
आइफोन सेभेन पड्किएको दाबी क्यालिफोर्निया–एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणकालागि सँधै प्रतिस्पर्धा गर्ने गर्दछन्।  तर, हालै सावैजनिक भएकोे एक घटनाले एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइल पड्किनेमासमेत प्रतिस्पर्धामा रहेको देखाएको छ। हालै अस्ट्रेलियाका एक प्रयोगकर्ताले आइफोन सेभेन पड्किएको बताएपछि एप्पलले यसबारे अनुसन्धान सुरु गरिएको बताएको छ। आइफोन सेभेनका केही प्रयोगकर्ताहरुले केहि दिन अघि आफ्नो आइफोन सेभेन पड्किएको बताएका थिए। अस्ट्रेलियाका प्रयोगकर्ता ग्याट जोन्सले आफूले आइफोन सभेन कारमा छोडेको र उक्त आइफोन पड्किएर आफ्नो कारमा समेत क्षति भएको बताएका थिए । उनको क्षतिग्रस्त कार र पड्किएको आइफोन सभेनको तस्बिर अस्ट्रेलियाको एक टेलिभिजन च्यानलले प्रशासण गरेपछि आइफोनले यस बारे  आफ्नो ध्यानाकर्षण भएको बताएको छ। आइफोनका प्रवक्ता र्फच्युनले भने, ‘हामीले हाम्रो नयाँ उत्पादन आइफोन सेभेन पड्किएको भन्ने गुनासोमा सम्बन्धित प्रयोगकर्तासँग छलफल गरिरहेका छौं  र यस बारे थप अनुसन्धान भैरहेको छ।’ केही महिना अघि स्यामसुङको नयाँ उत्पादन ग्यालेक्सि नोट सेभेनक...