नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?

नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?

  
अनलिमिटेडको अर्थको असीमित - कुनै पनि प्रकारको बाधा र रोक नभएको । तर तपाईंले इन्टरनेट सेवा प्रदायकसँग लिएको “अनलिमिटेड” इन्टरनेट साचिकैमा असीमित नै होइन । सेवा प्रदायकहरूले FUP अर्थात् Fair Usage Policy ( उचित उपयोग नीति ) भन्दै प्रयोगकर्ताले कति इन्टरनेट प्रयोग गर्न पाउछन् भन्ने कुरामा सिमा लगाएका हुन्छन् ।   उक्त सिमाभन्दा बढी इन्टरनेट प्रयोग भएको खण्डमा सेवा प्रदायकले तपाईंको “अनलिमिटेड” इन्टरनेटलाई स्लो बनाउने गर्छन । कति इन्टरनेट प्रयोग गरेपछि स्लो गर्ने र कुन हदसम्म स्लो गर्ने भन्ने कुरा चाँही सेवा प्रदायकसँगै फरक फरक हुन्छ । नेपालका मुख्य इन्टरनेट सेवा प्रदायक सुविसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक आदि सबैले विगतका धेरै नै वर्षहरू देखि आफ्नै आफ्नै प्रकारको फेयर युजेज पोलिसीहरू लगाउँदै आएका छन् ।
FUP ले तपाईंलाई असर गर्छ त ?
यदि तपाईंले सेवा प्रदायकले तोकेको भन्दा बढी डेटा प्रयोग गर्नु भयो भने तपाईंको स्पिडमा निकै ठूलो गिरावट आउनसक्छ । तर यदि तपाईं सेवा प्रदायकले तोकेकोभन्दा कम नै इन्टरनेट प्रयोग गर्नु हुन्छ भने FUP को कुनै पनि प्रकारको असर तपाईंलाई पर्दैन ।
सबै प्रयोगकर्ताहरूको इन्टरनेट आवश्यकता एकै प्रकारको हुँदैन । उदाहरणका लागि कोही प्रयोगकर्ताले एकै महिनामा हजार जीबीसम्म डेटा प्रयोग गर्न सक्छ भने कोहीले १०० जीबीभन्दा कम पनि डेटा प्रयोग गर्न सक्छ । महिना मै हजार जीबीभन्दा बढी डेटा प्रयोग गर्ने प्रयोगकर्ताले अन्य प्रयोगकर्ताको इन्टरनेट चलाउने अनुभव बिगार्न सक्ने भएकाले नै त्यस्ता प्रयोगकर्ता माथि FUP लगाउने कुरा पनि लगभग सबै सेवा प्रदायकहरूको पेजहरूमा उल्लेख गरिएको छ ।
नामको मात्र अनलिमिटेड
तपाईंलाई “अनलिमिटेड” भनेर बेचिएको इन्टरनेट यदि तपाईंले “अनलिमिटेड” जसरि प्रयोग गर्नु भयो भने तपाईंको स्पिडलाई घटाइने छ । अहिले सेवा प्रदायकहरूले वितरण गर्ने अनलिमिटेड इन्टरनेट र भोल्यूममा आधारित इन्टरनेटमा खासै केही फरक नै छैन ।
सेवा प्रदायकहरूको FUP सम्बन्धित पेजमा गएर हेर्दा सबैले “प्रयोगकर्ताहरूलाई समान र राम्रो सेवा प्रदान गर्नका लागि FUP लगाइएको” भन्ने कुरा उल्लेख गरिएको भेटिन्छ । तर सुविसु, वर्ल्डलिंक, क्लासिकटेक आदिले आफ्नो वेबसाइटमा FUP को सिमा खुलाएका नै छैनन् । FUP सम्बन्धित पेजमा निकै दुर्बोध र राम्रोसँग बुझ्न नसकिने तरिकाले यस नीतिलाई व्याख्या गरिएको छ । कति डेटा प्रयोग गरेपछि कति हदसम्म स्पिड घट्छ भनेर थुप्रै  सेवा प्रदायकहरूका पेजमा उल्लेख गरिएको नै छैन ।
कुन इन्टरनेट स्पिडमा कति FUP सिमा छ भन्ने कुरा Vianet ले भने आफ्नो वेबसाइटमा स्पष्ट गरेर राखेको छ । जस्तै Vianet ले आफ्नो १२ एमबीपीएस (Mbps) स्पिडको “अनलिमिटेड” प्याकेजमा ४५० जीबीको मासिक सिमा राखेको छ । ४५० जीबी डेटा प्रयोग नगर्दासम्म तपाईंको इन्टरनेट १२ एमबीपीएस मै चल्ने छ तर ४५० जीबी डेटा प्रयोग हुनासाथ तपाईंको स्पिड घटेर ८ एमबीपीएसमा आउने छ । यसै गरेर ६५० जीबीभन्दा बढी डेटा प्रयोग भएको खण्डमा उक्त स्पिड घटेर केवल २ एमबीपीएसमा आउने छ । फास्ट इन्टरनेट प्याकेज खरिद गर्दा डेटा प्रयोगको सिमालाई पनि धेरै बनाइन्छ । जस्तै ६० एमबीपीएस इन्टरनेट प्याकेजमा FUP सिमालाई ७५० जीबी प्रति महिना राखिएको छ ।
कति डेटा प्रयोग गर्दा “धेरै डेटा” प्रयोग गरेको हुन्छ ?
सबै सेवा प्रदायकहरूले “धेरै” डेटा प्रयोग गर्ने प्रयोगकर्ताको स्पिड घटाउने कुरा उल्लेख गरेको भेटिन्छ । तर “धेरै” भनेको कति हो ?
साधारण तरिकाले  इन्टरनेट चलाउँदा घण्टामा केही जीबीभन्दा धेरै डेटाको प्रयोग हुँदैन । तर इन्टरनेट केवल वेबसाइटहरु खोल्न र फेसबुक चलाउनका लागि मात्र त होइन - इन्टरनेटबाट धेरै प्रयोगकर्ताले फिल्म, गेम र अन्य फाइलहरू डाउनलोड गरिरहेका हुन्छन । यसै गरेर स्ट्रिम गर्ने पनि नयाँ ट्रेन्ड हो जसले निकै धेरै डेटा प्रयोग गरिरहेको हुन्छ ।
फुल एचडी युट्युब भिडियोले एक घण्टामा १.५ जीबी डेटा प्रयोग गर्छ । 4K मा युट्युब भिडियो हेर्दा उक्त साइज लगभग ७ जीबीभन्दा बढी हुन्छ । आजभोलि सबैले आफ्नो उच्च रेजोलुसनको तस्विर पनि क्लाउडमा सुरक्षित गर्छन् । उक्त तस्विर र भिडियोलाई हेर्दा पनि उतिकै डेटा प्रयोग हुन्छ । यसै गरेर नयाँमा रिलिज भएको राम्रो गुणस्तरको एउटा गेमको साइज पनि लगभग ६० देखि १०० जीबीसम्मको हुन्छ । उदाहरणका लागि सन् २०१८ को सबैभन्दा उत्कृष्ट मानिएको भिडियो गेम - गड अफ वारको डाउनलोड साइज ४५ जीबीको रहेको छ भने अर्को गेम रेड डेड रिडेम्पसन २ को डाउनलोड साइज ९० जीबीको रहेको छ । 4K को उच्च गुणस्तरको एउटा मात्र फिल्मको साइज पनि २५ जीबी भन्दा बढी रहेको हुन्छ ।
Vianet का लागि ३० एमबीपीएस इन्टरनेट प्याकेज लिने प्रयोगकर्ताले महिनाको ५०० जीबी इन्टरनेट प्रयोग गर्दा “धेरै डेटा” प्रयोग गरेको हुँदो रहेछ - बाँकी सेवा प्रदायकले त यो संख्या खुलाएका पनि छैनन् । तर इन्टरनेटको यो युगमा सेवा प्रदायकले तोकेको FUP सिमाको डेटाले मात्र सबै प्रयोगकर्तालाई पुग्छ होला त?
Hoping for your reaction on this post:-

Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८