पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा  कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप १५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बिहीबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ४ हजार ७ सय ५७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख १३ हजारभन्दा बढी पुगेको छ।

न्युयोर्कमा मात्रै करिब २ हजारको मृत्यु
अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म एक हजार ९ सय ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या करिब ८३ हजार पुगेको छ । न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो।

न्युयोर्कको छिमेकी राज्य न्यु जर्सीमा पनि कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ । बिहीबार बिहानसम्म न्यु जर्सीमा २६७ को मृत्यु भएको छ भने करिब १८ हजारमा संक्रमण देखिएको छ ।

यसैबीच ह्वाइट हाउसकी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण टिमकी संयोजक डाक्टर डेबोरा बिर्क्सले कोरोना भाइरसको एन्टीबडी टेस्ट यही महिनाभित्रै हुने बताएकी छिन् । उनले सबै विश्‍वविद्यालय र राज्यलाई एन्टीबडी परीक्षण विधि इन्जाइम-लिंक्‍ड इम्युनोसोर्बेन्ट असे(ईएलआईएसए) को विकास गर्न निर्देशन दिइसकेको बताएकी छिन् ।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४६ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ९ लाख ३२ हजारभन्दा बढी पुग्दा एक लाख ९३ हजारभन्दा बढी निको भएका छन्।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav