पाकिस्तानमा राशन मुस्लिमलाई मात्र, हिन्दूलाई भनियो –यो तिम्रो लागि हैन

आपतविपद्मा धर्म, संस्कृति, देश र भेष हेरिँदैन भन्ने त भनाई नै छ । तर पाकिस्तानमा अहिले विभेद भइरहेको छ ।
विभिन्न समाचार सुत्रहरुका अनुसार पाकिस्तानमा कोरोना भाइरस ९कोभिड–१९० का कारण प्रभावितलाई रासन बाँड्दा मुस्लिमलाई मात्र बाँडिएको छ ।
हिन्दूहरुले माग्दा भने तिमीहरुका लागि हैन भनिएको छ ।
कोरोना भाइरसले पाकिस्तानमा १५९७ जना संक्रमित छन् । १४ जनाको ज्यान गइसकेको छ ।
इमरान खान सरकारले प्रभावित क्षेत्रमा राहत पुर्याउने प्रयास गरिरहेको छ । तर सिन्ध प्रान्तमा रहने अल्पसंख्यक हिन्दूहरुलाई भने खास भेदभाव गरिएको छ ।
पछिल्ला दिनहरुमा स्थानीय प्रशासनका तर्फबाट कराँचीमा मानिसहरुलाई रासन र अन्य जरुरी सामान बाँडिएको छ । तर हिन्दूहरुलाई खाली हात फर्काइएको छ ।
राहत बाँड्नेहरुले भनेका छन् कि त्यो केबल मुस्लिम समुदायका लागि हो ।
सिन्धमा करीव ५ लाख हिन्दू छन् । सिन्धमा सरकारले प्रशासन र एनजीओलाई राहत बाँड्ने जिम्मा दिएको छ ।
त्यहाँ करीव ३ हजार मानिस मद्धतका लागि जुटेका थिए । तर उनीहरुको स्वास्थ्य जाँच तथा स्क्रिनिङका लागि समेत कुनै पहल भएको थिएन ।
त्यहाँका हिन्दूहरुले आफूहरुमाथि अन्याय भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हारगुहार गरेका छन् ।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.