सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट


  • सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ ।

मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ ।
रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाएको डा. दासले जानकारी दिए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
गत मार्च ८ र ९ तारिखमा तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि अस्पताल ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ ।
उनीहरुमध्ये ३ जना सप्तरीको खडग नगरपालिकाका तथा राजविराज नगरपालिका, सुरुङगा नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका १–१ जना रहेका छन् ।
Hoping for your reaction

Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८