सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट


  • सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ ।

मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ ।
रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाएको डा. दासले जानकारी दिए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
गत मार्च ८ र ९ तारिखमा तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि अस्पताल ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ ।
उनीहरुमध्ये ३ जना सप्तरीको खडग नगरपालिकाका तथा राजविराज नगरपालिका, सुरुङगा नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका १–१ जना रहेका छन् ।
Hoping for your reaction

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav