जमातमा सहभागी सप्तरीका तीनजना फेला

राजविराज, चैत १९ गते । भारतको नयाँ दिल्लीको जमातबाट फर्किएकामध्ये तीन जनालाई खोजी गरी बुधबार क्वारेन्टाइनमा पठाइएको छ ।
मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागीहरुमा कोरोना भाइरस (कोभिड १९) भेटिएपछि तथा केहीको मृत्यु भएको खबर बाहिर आएपछि उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राखिएको हो ।

जमातमा नेपालबाट १९ जना सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएपछि सप्तरीमा खोजतालस सुरु गरिएको हो । यस जिल्लाबाट करिब एक दर्जन मुस्लिम समुदायका व्यक्तिहरु त्यस कार्यक्रममा सहभागी रहेको जनाएको छ ।
सो धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले बुधबार खोजेर क्वारेन्टाइनमा पठाइएको बताइएको छ । राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो । उनीहरुलाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको बताउनुभयो ।
केही दिनअघि दिल्लीबाट फर्किएका उनीहरु जिल्लाका ठूला व्यापारी रहेको बताएका छन् । दिल्ली जमातमा यस जिल्लाका मुस्लिम समुदाय पनि सहभागी भएर फर्केको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, प्रहरी प्रमुख प्रसाइँ, सशस्त्र प्रहरी उपरीक्षक उद्वव न्यौपाने सहितको टोली उनीहरुको खोजी कार्यमा खटिनु भएको थियो ।
उक्त जमातमा सहभागी भएर फर्किएका जिल्लाका आठ जनामध्ये तीनजना फेला पारिएको र अन्य पाँच जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
यस जिल्लाबाट दुई दर्जनभन्दा बढी मुस्लिम दिल्ली गएर फर्केको आशंका गरिएको छ । जिल्लाको बोदेबरसाइन नगरपालिका ५ जाँजरमा गत फागुन ३ देखि ५ गतेसम्म आयोजित मुस्लिम धार्मिक सभा इज्तेमा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली प्रस्थान गरेको बताइएको छ ।

Hoping for your reaction on this post:-

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav