संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो




काठमाडौँ । कोरोना भाइरसका कारण घरमै लकडाउनमा बसेका मानिसहरू भाइरस सम्बन्धी सिनेमाहरू अत्याधिकरुपमा हेरिरहेका छन् । यसरी जे कुराको त्रास छ त्यही विषयका सिनेमा हेर्ने प्रवृतीहरुलाई मनोविज्ञहरुले काउन्टर ईन्ट्यिूटिभा टेन्सी भन्ने गरेका छन् । कतिपय अवस्थामा मानिसहरूलाई पीडाबाट बाहिर  निकाल्न एक्पोजर थेरापीको रूपमा समेत मनो चिकित्सकहरुले जे विषयमा मानिस दुखमा परेको हो त्यही विषय सर्वत्र देखाइदिने पनि गर्ने गर्दछन् । 
उदाहरणको रूपमा यदि कोही मानिस सर्पको नाम सुन्दै आत्तिन्छ भने त्यसको हातमा सर्प थमाई दिने विधि हो । अहिले मानिसहरू कोरोना भाइरसबाट यति बढी त्रसित छन् की यस्तै प्रकारका महामारीका विषयमा बनेका सिनेमाहरू हेर्दा उनीहरूलाई एक ढङ्गले त्रासबाट थोरै भए पनि बाहिर निकाल्न सकिन्छ । अर्थात्, तनाव कम गर्न यो विधि सहायक बन्न सक्छ । 
त्यसैले यहाँ त्यस्ता २५ वटा चर्चित र अहिले विश्वभरिका मानिसहरूले हेरिरहेका सिनेमाहरूको चर्चा गरिएको छ । जुन तपाईँलाई समेत समय व्यातित गर्न र मानसिक तनावबाट नजानिँदो ढङ्गले बाहिर निकाल्न सहायक बन्न सक्छ ।
डेब्रेकर्स (१९९३)
यो एक साईन्स टेक हरर फिल्म हो । यसमा प्लेगको कारण त्यसबाट संक्रमित मानिस पिशाचमा परिणत हुन्छ । अनुसन्धानबाट के देखिन्छ भने मानिसको रगत नै परिवर्तन गरेपछि मात्रै बाच्न सकिने हुन्छ । एक जना हेमाटोलोजिस्टले त्यस विरुद्ध काम गर्छन् । १२ मङ्कीं (१९९५) 
यो पनि साईन्स थ्रिलर हो । यसमा संसार एउटा रोगबाट चपेटामा परेको र मानव निर्मित रोगका कारण सबै मानव जाति नै नष्ट भएको देखाइएको छ । ब्रोस विल्स, ब्रान्ड पिट लगायतले यसमा अभिनय गरेका छन् । 
आउट ब्रेक (१९९५) 
यो फिल्ममा एउटा खतरनाक संक्रमण अमेरिकाको क्यालिफोर्निया सहरमा फैलिएको देखाइएको छ । जसलाई अर्को महाधीबाट बाँदरले अमेरिका ल्याएको हुन्छ । त्यहाँको सेनाको डाक्टरले त्यो भाइरसको उपचार खोज्छन् । डस्टिन हाफ मेन, रेने रुसो र मोर्गन फ्रिमेनले यसमा अभिनय गरेका छन् ।
द फ्याकल्टी (१९९८) 
यो फिल्ममा एउटा विचित्रको घटनाहरुको श्रृखला पछि हेरिक्टन हाईको विद्यार्थीहरूले  उनीहरूको शिक्षक नै केही अनौठो रोगबाट संक्रमित भएको अनुमान लगाउँछन् । उनीहरूले यो संसारलाई एलिएनको डोमिनेशनबाट जोगाउनु पर्छ भन्ने ठानेर काम गर्दछन् ।
प्रेसिडेन्ट इभिल (२००२)
अम्रेला कर्पोरेसनको जैविक हतियारको विषयमा यो सिनेमा बनाइएको छ । स सिनेमाका फ्रेन्चाइजको रूपमा रेसिडेन्ड इभिल लगायतका ६ वटा फिल्म र भिडियो गेमहरु निर्माण गरिएको छ ।
२८ डेज लेटर (२००२) 
यो फिल्ममा एउटा रहस्यमय भाइरसले सयूक्त अधिराज्यलाई गाजेको देखाइएको छ । त्यहाँका बाचेका केही मानिसहरूले सो प्रकोप पछिको स्थितीमा कसरी काम गरे भन्ने विषय देखाइएको छ । 
डाउन अफ दी डेड (२००४)
यो सन् १९७८ मा बनेको फिल्मको रिमेक हो । संक्रमण पछि बाँचेका मानिसहरूको बारेमा यो सिनेमा छ । त्यहाँ संक्रमित मानिसहरूले मानिसलाई नै खाने गरेको देखाइएको छ । 
चिल्ड्रेन अफ मीन (२००६)
यसमा १८ वर्षसम्म त्यो मुलुकमा बच्चा नै नजन्मिएको देखाइएको छ । जसले कतै मावन जाति नै सकिने  त होइन भन्ने त्रास फैलाएको हुन्छ । त्यस्तोमा एउटी महिला अचानक गर्भवती बन्छिन् ।
 
द पेन्टेड भेल (२००६)
सन् १९२० मा लेखिएको एउटा पुस्तकमा आधारित यो फिल्ममा एक जना वैज्ञानिकलाई उनकी श्रीमतीले धोका दिएको कथा छ । ती वैज्ञानिककी श्रीमती अर्कै मानिससँग सम्बन्धमा रहन्छिन् । पछि त्यो जोडी नै चीनमा जान्छ र त्यहाँ छाडा पखालाको महामारीसँग जुध्छ ।
 आई एम लिजेन्ट (२००७)
एक प्रकारको प्लेगले लगभग सबै मानिस मार्छ । र बाँकी मानिसहरू पनि राक्षसमा परिणत हुन्छ । तर न्योर्क सहरको एउटा बाँचेको मानिसले त्यसको औषधीको खोजी गर्छ । 
द ह्यापेनिङ (२००८)
यसमा एउटा साईन्सको शिक्षक, उसकी श्रीमती र छोरीले कसरी एक प्रकारको विषाक्तबाट मानिसहरूलाई बाहिर निकाल्न गरेको प्रयत्न देखाइएको छ । हावामा फैलिएको विषाधीले मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गरिरहेका देखाइएको छ ।क्वारेन्टाईन (२००८) 
यो फिल्म सन् २००७ मा बनेको स्पेनिस हरर फिल्म रेकको रिमेक हो । यसमा भाइरसबाट संक्रमित मानिसहरू तुरुन्तै लासमा परिणत हुने देखिएपछि केन्द्रीय रोग नियन्त्रण शाखाले एउटा भवनलाई नै क्वारेन्टाईनमा राखेको देखाइएको छ । जसमा एक जना रिपोर्टर र क्यामेरा पर्सन पनि तयसमा थुनिएका हुन्छन् ।
 डूम्स डे (२००८)
यसमा रिपर नामक एउटा भाइरसबाट स्कर्ट ल्यान्डमा फैलिएको संक्रमणको उपचार गर्न खटिएको विशेष टिम कसरी त्यो सँग जुध्छ भन्ने देखाइएको छ । 
क्यारियर (२००९) 
चर जना साथीहरू एउटा महामारी पश्चात् अमेरिका जान खोज्छन् । तर त्यस मध्ये एउटा साथी भाइरसबाट संक्रमित भएको देखाइएको छ । 
द क्रयाजिज (२०१०) 
एउटा हवाईजहाज दुर्घटनामा परेपछि त्यसबाट एक प्रकारको डरलाग्दो भाइरस सबैतिर फैलिन्छ र त्यसबाट चार जना बाहेक अरू सबै मानसिक समस्यामा परेको देखाइएको छ । 
पर्फेक्ट सिन (२०११) 
एक जना महिला सेफ र एउटा निकै लजालु वैज्ञानिक प्रेममा पर्छन् । उनीहरूको स्नायु प्रणालीमा एक प्रकारको भाइरसले संक्रमण गरेको हुन्छ । 
कन्टाजियन (२०११) 
एउटा डरलाग्दो रोग सबै तिर फैलन्छ । जसबाट मानिसहरू मर्छन् । अमेरिकाको सिडीशीले त्यसको फैलावट रोक्न प्रयत्न गर्छ र अन्ततः सफलता प्राप्त हुन्छ । अहिले यो फिल्म अत्याधिकरुपमा हेरिएको छ । 
वल्ड वार जेड (२०१३) 
सयूक्त राष्ट्र सङ्घका एक पूर्व कर्मचारीले मानवता जोगाउनको लागि एक प्रकारको संक्रमणसंग गरेको सङ्घर्ष यसमा छ । ब्रान्ड पिले सो पात्रको भुमिक निर्वाह गरेका छन्।  
वार्म बडिज (२०१३) 
यो सिनेमामा पे्रतआत्माले एउटी केटीलाई बताउने काम गर्दछ र उनीहरू बिचमा अनौठो सम्बन्ध विकास हुन्छ । 
फ्ल्यू (२०१३)
यो साउथ कोरियन फिल्म एच५ एन१ भाइरससंग सम्बन्धित छ । सिओल नजिक रहेको सहरमा यसको महामरी फैलिएको कथा फिल्ममा छ । 
म्याग्गी (२०१५)
मध्य पश्चिम अमेरिकामा एउटी टिनेजर युवती त्यस्तो रोगबाट संक्रमित हुन्छिन् जो विस्तारे काचो मासु खाने राक्षसमा परिणत हुन्छिन् । उनी यसरी परिवर्तन हँुदा पुरै समय उनका पिता उनी सँगै रहन्छन् । 
इट कम्स एट नाइट (२०१७) 
यसमा महामारी पछि थोरै मानिसहरू मात्रै जीवित रहन्छन् । एक प्रकारको अप्रकृतीक त्रास फेरि पनि फैलिन्छ । एउटा घरमा त्यो दुष्ट शक्तिबाट बच्न दुई वटा परिवार बसेका हुन्छन् । पछि थाहा हुन्छ त्यो दुष्ट शक्ति उनीहरू सँगै हुन्छ ।
दी क्योर्ड (२०१७)
युरोपलाई डरलाग्दो प्लेगले संक्रमित पारेपछिको अवस्था यो  फिल्ममा देखाइएको छ । 
अ क्वाइट प्लेस (२०१८)
यसमा पनि महामारी पछिको विश्वलाई देखाइएको छ । जसमा एउटा जीवित रहेको परिवार आफूलाई कुनै आकमण नहोस् भनेर चुपचाप लुकेको हुन्छ । 
भाइरस (२०१९)
यो मलाएलम फिल्म हो । जसमा केरलामा एउटा डरलाग्दो भाइरस फैलिएको देखाइएको छ । साहसी मानिसहरूको एउटा समूह यसको संक्रमण रोक्नको लागि लागि परेको यसमा देखाइएको छ ।   
Hoping for your reaction on this post:-

Comments

Popular posts from this blog

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(2) Rupesh prasaila April 17, 2021 at 08:51AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila