‘लकडाउन’ को आठौं दिन, सरकार हामी घरभित्र छौँ, तिमी घर बाहिर कहिले आउँछौं ?





कोभिड १९ विश्वव्यापी महामारी नेपालमा पनि अरू फैलिने आशंकाले सरकारले लकडाउन गर्यो । अहिले सबै जनता घरभित्र छन् । घरभित्र रहेर सुरक्षित भए पनि धेरैको मन शान्त भएको अवस्था छैन ?
लकडाउनको आठौं दिनमा चामल सकियो । लकडाउनको पूर्वजानकारी नभएकाले खाना पकाउने ग्यास लगायतका खाद्यान्न र सिटामोल लगायतका सामान्य औषधि पनि घरमा छैनन् । लकडाउनको समय लम्बियो ।
बाहिर सबै बन्द छ, गाडी चलेका छैनन् पसल खुलेका छैनन् कतै खुला मिले पनि समानको दर आकाशिएको अवस्था छ सामान कसरी ल्याउने ? एउटा मजदुरले दिनभरि परिश्रम गरेर बेलुकिको छाक टार्दै थिए उनिहरु अहिले कस्तो हालतमा होलान सोच्नु भाको छ सरकार ? आफ्नै परिवारका सदस्य र आफन्त बिरामी परेर अस्पताल लैजानुपर्यो भने कसलाई भनेर लैजाने ? फोन गरेर एम्बुलेन्स आउनेवाला त छैन। आफू बाहिर निस्किन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ । त्यहाँसम्म जाने कसरी ? जिल्ला प्रशासन कार्यालयको भिड देख्दा भाइरस त्यतै बाट सर्लाकि भन्ने डर छ।
सरकार, तिमीले भनेजस्तो घरभित्र बसेर मात्र मानसिक शान्ति पनि पाएको अवस्था देखिदैन । हामीलाई घरबाट बाहिर निस्किनुपर्यो खाद्यान्न,औषधि लिन, जान कसले लिन आउँछ हामीलाई ? बाहिर निस्कियो भने सुरक्षा कर्मी साथिहरुले लाठी चार्ज गरिरहेको अवस्था छ कसरी जाने, कसलाई खबर गर्ने हामीले ?प्रहरी प्रशासनले कसैलाई चिन्दैन, अस्पताल पुग्न पनि अनुमति दिँदैन ।
अहिले सबैको चिन्ता र सरकारप्रतिको अविश्वास बढ्दै गएको छ झन् । भोकमरी हुन दिन्नौं, औषधि उपचारमा कमी हुन्न, स्वास्थ्यकर्मीको सुरक्षा र भाइरस संक्रमितको जाँचमा कुनै कमी आउँदैन भनेर सरकारले बारम्बार सूचना दिए पनि त्यसलाई मान्न जनता तयार छैनन् । किनकि अहिले सम्म कोरोना संक्रमणको आसन्कामा मृत्यु हुनेको को रिपोर्ट छिटो तयार हुन सकेको अवस्था छैन सरकार भासण ठोकेर मात्र हुँदैन, बोलेका कुरा व्यवहारमा आउनुपर्यो, सरकार ?
हिजो निर्वाचनमा भोट माग्न घरघरमा पुगेजस्तै लक डाउनको अहिलेको यो विषम परिस्थितिमा जनता बाहिर निस्कन पाउन्नन्, त्यसैले सरकार घरघरमा पुगोस्, जनताको माग यहि छ ।
वडाका प्रतिनिधिले घरदैलो मार्फत त भोट माग्न आउँदा प्रत्येकलाई चिनेका होलान् कि ? कि बिर्से अहिले ? वडामा एउटा एम्बुलेन्सको व्यवस्था गर । त्यसको जिम्मेवारी वडालाई देऊ । जनताको मानसिक स्थितिलाई शान्त गराउने प्रयास गरेर देखाऊ । बोलेर मात्र पत्याउनेवाला छैनन् अब जनताले ।
साच्चिकै भन्नुपर्दा स्थानीय सरकार भएको अनुभव कहिले दिन्छौ सरकार ?स्थानीय सरकारलाई परिचालन गर, जनप्रतिनिधिलाई पुर्ण रुपमा जिम्मेवारी देऊ सरकार । घर घरको समस्या के छ, बुझ्न वडा अध्यक्ष लगायत वडाका प्रतिनिधिलाई परिचालन कहिले गर्छौ सरकार ?

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav