राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग,



राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग

राष्ट्रपति र उनको परिवारको जुत...

राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको स्थानीयको टिप्पणी 

अवधेशकुमार झा, सखडा (सप्तरी)

कार्तिक ६, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य व्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको प्रयोग गरेको पाईएको छ । 
शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पुऱ्याएका थिए । 
निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुन: सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पुऱ्याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए ।
Source:-ekantipur


Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८