मैथिली भाषा के हामी साच्चै मैथिली भाषा भाषी हाैँ? यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना मात्री भाषा को बा...
मैथिली भाषा
के हामी साच्चै मैथिली भाषा भाषी हाैँ?
यदि हाैँ भने के के थाहा छ हामीलाई अाफना मात्री भाषा को बारेमा।
Maithilī) भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरीबिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावलेबङ्गाली, आसामी, उडिया रनेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नैतिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।[४] हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । [५]
सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।[६] सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।[७] भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । [८] सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।[९]
विषयसूची
[लुकाउने]भौगोलिक अवस्था
नेपालमा मैथिली तराईका जिल्लाहरू धनुषा,सर्लाही, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी रमोरङमा बोल्ने गरिन्छ ।[१]</ref> यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै कायस्थ, राजपुत, ब्राह्मण, खत्वे, चमार, यादव र अन्य वर्गद्वारा बोल्ने गरिन्छ ।[४] संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ ।[८]भारतको साहित्य प्रतिष्ठानद्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ । भारतमा मैथिली उत्तरी बिहारको मधुबनी, दरभंगा, सुपौल र सहरसाजिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै नयाँ दिल्ली,मुम्बई र कोलकातामा पनि छन् ।
विकास
मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ । योत्रेता युगमा मिथिलाका राजा जनकको राज्यभाषा थियो ।[१०] यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ । प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ ।विद्यापति मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन ।[११] विद्यापतिले मैथिली वाहेक संस्कृततथा अवहट्टमा पनि रचनाहरू लेखेका छन् । यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो । भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाईमातृभाषाको रूपमा प्रयोग गर्छन ।[१२] नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ ।[१३] यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ । मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ ।[१४][१५] मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ । मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो । नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन । अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ । हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ ।
उपयोग
लगभग ४ देखि ५ करोड मानिस मैथिलीकामातृभाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।
साहित्य
मुख्य लेख: मैथिली साहित्य
मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापति(१३५०-१४५०) लाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् ।
मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ । यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको वैद्यनाथ मन्दिरमा स्थापित गरिएको छ ।[१६]
कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो ।[१७]
मैथिली पञ्चाङ्ग
मुख्य लेख: तिरहुता पञ्चाङ्ग
मैथिली पञ्चाङ्ग वा तिरहुता पञ्चाङ्ग भारत र नेपालको मैथिली समुदायद्वारा प्रयोग गर्ने गरिन्छ । यो विभिन्न हिन्दू पञ्चाङ्गहरू मध्येको एक हो । वर्षको सुरूवात बैसाखबाट हुन्छ ।
क्रम. | मैथिली नाम (देवनागरी) | संस्कृत | नेपाली | English | दिनहरू (पारम्परिक हिन्दू सौर्य क्यालेन्डर) |
---|---|---|---|---|---|
१ | बैसाख | वैशाख | वैशाख | apr/may | ३० / ३१ |
२ | जेठ | ज्येष्ठ | ज्येष्ठ | may/jun | ३१ / ३२ |
३ | आषाढ | आषाढ | आषाढ | jun/jul | ३१ / ३२ |
४ | सावोन | श्रावण | श्रावण | jul/aug | ३१ / ३२ |
५ | भादो | भाद्रपद, भाद्र, प्रोष्ठपद | भाद्र | aug/sep | ३१ / ३२ |
६ | आसिन | आश्विन | आश्विन | sep/oct | ३१ / ३० |
७ | कातिक | कार्तिक | कार्तिक | oct/nov | २९ / ३० |
८ | अगहन | अग्रहायण, मार्गशीर्ष | मंसिर | nov/dec | २९ / ३० |
९ | पूस | पौष | पुस | dec/jan | २९ / ३० |
१० | माघ | माघ | माघ | jan/feb | २९ / ३० |
११ | फागुन | फाल्गुन | फाल्गुन | feb/mar | २९ / ३० |
१२ | चैति | चैत्र | चैत्र | mar/apr | ३० / ३१ |
No comments