Posts

Showing posts with the label News

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

Image
सप्तरी ।  भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाएको डा. दासले जानकारी दिए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गत मार्च ८ र ९ तारिखमा तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि अस्पताल ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ । उनी...

उत्तर कोरियाद्वारा 'कोरोना फ्रि' घोषणा

Image
रासस/एएफपी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो । उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन् । तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ । तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ । उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न...

नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?

Image
नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?     अनलिमिटेडको अर्थको असीमित - कुनै पनि प्रकारको बाधा र रोक नभएको । तर तपाईंले इन्टरनेट सेवा प्रदायकसँग लिएको “अनलिमिटेड” इन्टरनेट साचिकैमा असीमित नै होइन । सेवा प्रदायकहरूले FUP अर्थात् Fair Usage Policy ( उचित उपयोग नीति ) भन्दै प्रयोगकर्ताले कति इन्टरनेट प्रयोग गर्न पाउछन् भन्ने कुरामा सिमा लगाएका हुन्छन् ।   उक्त सिमाभन्दा बढी इन्टरनेट प्रयोग भएको खण्डमा सेवा प्रदायकले तपाईंको “अनलिमिटेड” इन्टरनेटलाई स्लो बनाउने गर्छन । कति इन्टरनेट प्रयोग गरेपछि स्लो गर्ने र कुन हदसम्म स्लो गर्ने भन्ने कुरा चाँही सेवा प्रदायकसँगै फरक फरक हुन्छ । नेपालका मुख्य इन्टरनेट सेवा प्रदायक सुविसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक आदि सबैले विगतका धेरै नै वर्षहरू देखि आफ्नै आफ्नै प्रकारको फेयर युजेज पोलिसीहरू लगाउँदै आएका छन् । FUP ले तपाईंलाई असर गर्छ त ? यदि तपाईंले सेवा प्रदायकले तोकेको भन्दा बढी डेटा प्रयोग गर्नु भयो भने तपाईंको स्पिडमा निकै ठूलो गिरावट आउनसक्छ । तर यदि तपाईं सेवा प्रदायकले तोकेकोभन्दा कम नै इन्टरनेट ...

जमातमा सहभागी सप्तरीका तीनजना फेला

Image
राजविराज, चैत १९ गते ।  भारतको नयाँ दिल्लीको जमातबाट फर्किएकामध्ये तीन जनालाई खोजी गरी बुधबार क्वारेन्टाइनमा पठाइएको छ । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागीहरुमा कोरोना भाइरस (कोभिड १९) भेटिएपछि तथा केहीको मृत्यु भएको खबर बाहिर आएपछि उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राखिएको हो । जमातमा नेपालबाट १९ जना सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएपछि सप्तरीमा खोजतालस सुरु गरिएको हो । यस जिल्लाबाट करिब एक दर्जन मुस्लिम समुदायका व्यक्तिहरु त्यस कार्यक्रममा सहभागी रहेको जनाएको छ । सो धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले बुधबार खोजेर क्वारेन्टाइनमा पठाइएको बताइएको छ । राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो । उनीहरुलाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको बताउनुभयो । केही दिनअघि दिल्लीबाट फर्किएका उनीहरु जिल्लाका ठूला व्य...

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी :करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ

Image
स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी :करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ । सरकारले भन्सार छुट दिएको परिमाणभन्दा २५ हजार बढी द्रुत परीक्षण किट (र्‍यापिड डाइग्नोस्टिक किट) ल्याएको र त्यसमा ५० लाख रुपैयाँ महसुल लाग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल भन्सार कार्यालयले रोकिदिएको छ। सरकारसँग भएको सम्झौताअनुसार कोरोना भइरस द्रुत परीक्षण किट भन्सार छुटमा ७५ हजार मात्रै ल्याउनुपर्ने थियो। ओम्नीले २५ हजार बढी किट ल्याई सरकारले दिएको भन्सार छुटको सुविधा उपयोग गरी नेपाल भित्र्याउन खोजेको पाइएको छ। सरकारका एक मन्त्रीले दिएको जानकारीअनुसार सम्झौताभन्दा बढी किट ल्याएको र करिब ५० लाख भन्सार महसुल लाग्छ भनेपछि भन्सारबाट ती सामान जाँचपास गराएको छैन। ५ प्रतिशत भन्सार महसुल र १८ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि सरकारले खरिद गरेका सामग्रीहरूसँगै थप किट पनि व...

छोरी बलात्कार आरोपित बाबुले गरे प्रहरी हिरासतमै आत्महत्या !

Image
छोरी बलात्कार आरोपित बाबुले गरे प्रहरी हिरासतमै आत्महत्या ! छोरी बलात्कार आरोप लागेका कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोलका एक व्यक्तिले प्रहरी हिरासतमा आत्महत्या गरेका छन । छोरी बलात्कारको आरोप लागेपछि ती व्यक्तिलाई गत फाल्गुण २३ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको थियो । अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा रहेका ती व्यक्तिले अचानक आत्महत्या गरेका हुन् । थप विवरण अपडेट गर्नेछौं ...

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु

Image
वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा  कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप १५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बिहीबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ४ हजार ७ सय ५७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख १३ हजारभन्दा बढी पुगेको छ। न्युयोर्कमा मात्रै करिब २ हजारको मृत्यु अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म एक हजार ९ सय ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या करिब ८३ हजार पुगेको छ । न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो। न्युयोर्कको छिमेकी राज्य न्यु जर्सीमा पनि कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ । बिहीबार बिहानस...

अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी

Image
काठमाडाैं। चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्। प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका हुन्। बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सबत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ। उजुरीमा तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको जिकिर गरिएकाे छ। यसैगरी खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको, मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको, वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन...

Results of Diploma 2nd year Agriculture (plant + Animal science) held on 2076...

Image
            April Fool😆😆😆😂😂😂😂😂🤪🤪🤪🤪🤪  

‘लकडाउन’ को आठौं दिन, सरकार हामी घरभित्र छौँ, तिमी घर बाहिर कहिले आउँछौं ?

Image
कोभिड १९ विश्वव्यापी महामारी नेपालमा पनि अरू फैलिने आशंकाले सरकारले लकडाउन गर्यो । अहिले सबै जनता घरभित्र छन् । घरभित्र रहेर सुरक्षित भए पनि धेरैको मन शान्त भएको अवस्था छैन ? लकडाउनको आठौं दिनमा चामल सकियो । लकडाउनको पूर्वजानकारी नभएकाले खाना पकाउने ग्यास लगायतका खाद्यान्न र सिटामोल लगायतका सामान्य औषधि पनि घरमा छैनन् । लकडाउनको समय लम्बियो । बाहिर सबै बन्द छ, गाडी चलेका छैनन् पसल खुलेका छैनन् कतै खुला मिले पनि समानको दर आकाशिएको अवस्था छ सामान कसरी ल्याउने ? एउटा मजदुरले दिनभरि परिश्रम गरेर बेलुकिको छाक टार्दै थिए उनिहरु अहिले कस्तो हालतमा होलान सोच्नु भाको छ सरकार ? आफ्नै परिवारका सदस्य र आफन्त बिरामी परेर अस्पताल लैजानुपर्यो भने कसलाई भनेर लैजाने ? फोन गरेर एम्बुलेन्स आउनेवाला त छैन। आफू बाहिर निस्किन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ । त्यहाँसम्म जाने कसरी ? जिल्ला प्रशासन कार्यालयको भिड देख्दा भाइरस त्यतै बाट सर्लाकि भन्ने डर छ। सरकार, तिमीले भनेजस्तो घरभित्र बसेर मात्र मानसिक शान्ति पनि पाएको अवस्था देखिदैन । हामीलाई घरबाट बाहिर निस्किनुपर्यो खाद्यान्न,औषधि लिन, जान ...

राष्ट्रपति विद्यादेवी भण्डारीको चासो

Image
सुरज भण्डारी, टेक्सस । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताउनुभयो । राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गर्नुभएको र नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गर्नुभएको उल्लेख छ । राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अपिलमा जनाइएको छ । अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ ।   राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भ...

कोरोना भाइरस दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती

Image
एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । यही अवस्था रहिरहे मन्दी आउन सक्ने भन्दै उनले पछिल्लो समय झन् अन्योल बढेको चेतावनी दिएका छन् । महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा उनले यस्तो बताएका हुन् । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ४२ हजारभन्दा बढी छ ।

पाकिस्तानमा राशन मुस्लिमलाई मात्र, हिन्दूलाई भनियो –यो तिम्रो लागि हैन

Image
आपतविपद्मा धर्म, संस्कृति, देश र भेष हेरिँदैन भन्ने त भनाई नै छ । तर पाकिस्तानमा अहिले विभेद भइरहेको छ । विभिन्न समाचार सुत्रहरुका अनुसार पाकिस्तानमा कोरोना भाइरस ९कोभिड–१९० का कारण प्रभावितलाई रासन बाँड्दा मुस्लिमलाई मात्र बाँडिएको छ । हिन्दूहरुले माग्दा भने तिमीहरुका लागि हैन भनिएको छ । कोरोना भाइरसले पाकिस्तानमा १५९७ जना संक्रमित छन् । १४ जनाको ज्यान गइसकेको छ । इमरान खान सरकारले प्रभावित क्षेत्रमा राहत पुर्याउने प्रयास गरिरहेको छ । तर सिन्ध प्रान्तमा रहने अल्पसंख्यक हिन्दूहरुलाई भने खास भेदभाव गरिएको छ । पछिल्ला दिनहरुमा स्थानीय प्रशासनका तर्फबाट कराँचीमा मानिसहरुलाई रासन र अन्य जरुरी सामान बाँडिएको छ । तर हिन्दूहरुलाई खाली हात फर्काइएको छ । राहत बाँड्नेहरुले भनेका छन् कि त्यो केबल मुस्लिम समुदायका लागि हो । सिन्धमा करीव ५ लाख हिन्दू छन् । सिन्धमा सरकारले प्रशासन र एनजीओलाई राहत बाँड्ने जिम्मा दिएको छ । त्यहाँ करीव ३ हजार मानिस मद्धतका लागि जुटेका थिए । तर उनीहरुको स्वास्थ्य जाँच तथा स्क्रिनिङका लागि समेत कुनै पहल भएको थिएन । त्यहाँका हिन्दूहरुले आफूहरुमाथि अन्याय भएको ...

भारतबाट कोरोना नेपाल भित्रिने सम्भावना, जमातमा सप्तरीकै बढी सहभागी रहेको आशंका

Image
राजविराज, १८ चैत्र भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा सहभागी भएकाहरुमध्ये ६ जना भन्दा बढी सप्तरीको राजविराज नगरपालिकाकै रहेको खुलेको छ । मरकजमा विश्वका १५ देशका सहभागी करिब १ हजार ७ सयमध्ये १९ जना नेपालकै रहेको खुल्न आएको छ । श्रोतका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये राजविराज नगरपालिका वडा नम्वर–६ का एक जना, वडा नम्वर ३ महम्मदपुरका दुई जना, वडा नम्वर १ का एक जना लगायतका छन् । सिमा नाका पूर्ण रुपमा सिल गरेपछि खुल्ला सिमानाका कारण उनीहरु रातीको समयमा प्रहरीलाई छलेर सोमवार राती राजविराज आईपुगेका छन् । मरकजबाट सहभागी भई घर फर्केका उनीहरु आफ्नै घरमा गोप्य रुपमा बस्दैआएको श्रोतको दाबी छ । यद्यपी वडा नम्वर ३ का अध्यक्ष मो.अख्तरले आफ्नो वडाबाट जमातमा ६ जना सहभागी भएको स्वीकार गर्दै उनीहरु सुनसरी जिल्लातर्फ रहेको आफुले जानकारी पाएको बताए । उनीहरु हाल कुन ठाउँमा छन् ? भनी प्रश्न गर्दा सम्पर्क बाहिर रहेकोले सम्पर्कमा आए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा लगिने दावी गरे । यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ बाट समेत भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा चा...

१ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान

Image
बेलबारी । थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबुराम चौधरीले आफनो छोराको जन्मदिनमा १ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान गरेका छन । चौधरीले छोरा तेजेन्द्र चौधरीको ८ औँ जन्मोत्सवका अबसरमा मंगलबार बेलबारी ७ र ८ का बिपन्न समुदायका परिवारलाई सो चामल बितरण गरेका हुन । हरेक बर्ष छोराको जन्मदिनमा फजुल खर्च कटाएर बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका चौधरीले बिश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट देश लकडाउन भोगिरहेको अबस्थामा बिपन्न समुदाय भोकभोकै परेपछि आफुले ६० हजार बराबरको १४ क्वीन्टल चामल बितरण गरेको चौधरीले बताए । बेलबारी ९ घर भएका चौधरी बेलबारी १ मा बेतना पुस्तक पसल सञ्चालन गर्छन । उनले बेलबारीका आधा दर्जन बढी बिद्यालयमा बिपन्न बर्गका बिद्यार्थीलाई हरेक बर्ष शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका छन ।

महामारी रोकथाम नियन्त्रण र उपचारका लागि पूर्वराज परिवारद्वारा दुई करोड रुपैयाँ सहयोग

Image
काठमाडौं :  सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा पूर्वराज परिवारले दुई करोड रुपैयाँ सहयोग गरेकाे छ।  पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत उक्त सहयोग गरिएको पूर्वराजाले मंगलबार एक विज्ञप्ति निकाल्दै जनाएका छन्। उक्त वक्तव्यमा कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको बताइएको छ। साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरिएको छ।  यस्तो छ पूर्वराजाको वक्तव्य  पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्‍वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश विश्‍वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं। देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ‍-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ।...

कोरोना जीवित भाइरस नभएको खुलाशा

Image
वाशिंगटन (एजेन्सी) । अमेरिकास्थित जोन होपकिंस विश्वविद्यालयले कोरोन संक्रमणलाई रोक्नका लागि केही महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। यसमा कोरोना भाइरसबारे महत्वपूर्ण जानकारी पनि दिइएको छ। र कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने के नगर्ने भन्नेबारे पनि सुझावहरु दिइएको छ। यो भाइरस कुनै जीवित जीव होइन। तर, एक प्रोटिन मोलीक्यूल (डीएनए) हो। यो लिपिड –फ्याट)को जालोले घेरिएको हुन्छ। यो जब आँखा वा नाक वा बुक्कल म्यूकोसा (एक किसिमको मुख क्यान्स)को सेल्ससँग मिल्छ, यसको जेनेटिक कोड परिवर्तन हुन्छ। यसले यो भाइरसलाई आक्रामक र मल्टीप्लायर सेल्समा बदलिदिन्छ। किनकी यो भाइरस कुनै जीव होइन बरु प्रोटिक मोलीक्यूल हो, त्यसेले यो मर्दैन बरु आफै नष्ट हुन्छ। यो नष्ट हुने समय तापक्रम, ह्यूमिडिटी र जुन म्यााटिरियलमाा छ त्यसमा भर पर्छ। यो भाइरस क्षणगुंर (फ्रेजाइल) हो। केवल एक चिजले यसलाई बचाउँछ, त्यो हो यसको पातलो बाहिरी जालो वा फ्याट। यसैकारण साबुन वा डिटर्जेन्ट यसको सबैभन्दा राम्रो उपाय हो। किनकी यसले फ्याटलाई काटिदिन्छ। यसका लागि तपाईँले हातलाई २० सेकेण्ड वा त्यसभन्दा धेरै समयसम्म रगड्नुपर्छ। किनकी...

सरकार बेखबर, अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न दिएनन्।

Image
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्। डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन्। डेरामा जाँदा घरभेटीले दुर्व्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ, उनले भने, यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु, उनले भने।  यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे।यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन...

Can veterinarians prevent the next pandemic?

Image
Can veterinarians prevent the next pandemic? Veterinary epidemiologists advocate for one-health approach to researching, responding to zoonoses By  R. Scott Nolen The   COVID-19  pandemic marks the third novel coronavirus outbreak of the 21st century. Unlike the viruses that cause severe acute respiratory syndrome and Middle East respiratory syndrome, which were associated with outbreaks limited in scope, SARS-CoV-2—the virus that causes COVID-19—burned across the globe in just over two months since the first case was reported last December in Wuhan, China. Most countries, including the United States, were soon scrambling to manage the public health crisis. On March 11, the World Health Organization officially declared COVID-19 a pandemic. At the time, the WHO stated that more than 118,000 human cases of coronavirus disease had been reported in 114 countries, along with nearly 4,300 human deaths. “We...