१ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान

बेलबारी । थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबुराम चौधरीले आफनो छोराको जन्मदिनमा १ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान गरेका छन ।
चौधरीले छोरा तेजेन्द्र चौधरीको ८ औँ जन्मोत्सवका अबसरमा मंगलबार बेलबारी ७ र ८ का बिपन्न समुदायका परिवारलाई सो चामल बितरण गरेका हुन ।
हरेक बर्ष छोराको जन्मदिनमा फजुल खर्च कटाएर बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका चौधरीले बिश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट देश लकडाउन भोगिरहेको अबस्थामा बिपन्न समुदाय भोकभोकै परेपछि आफुले ६० हजार बराबरको १४ क्वीन्टल चामल बितरण गरेको चौधरीले बताए ।
बेलबारी ९ घर भएका चौधरी बेलबारी १ मा बेतना पुस्तक पसल सञ्चालन गर्छन । उनले बेलबारीका आधा दर्जन बढी बिद्यालयमा बिपन्न बर्गका बिद्यार्थीलाई हरेक बर्ष शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका छन ।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav