Page Nav

HIDE
Wednesday, April 16

Pages

Breaking News:

कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ

कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई 'तालिम' कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ ...

कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई 'तालिम'


कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ।
मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ।
विश्वभरि कोभिड-१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो।
मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार "बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय" खोजी हुँदैछ।
हामीलाई कोरोनाभाइरसबारे अझै थाहा नभएका नौ कुरा
विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु
"सिद्धान्तत: कुकुरले कोभिड-१९ पत्ता लगाउन सक्छ भन्नेमा हामी विश्वस्त छौँ,' उनले भनिन्।
'चाँडो र प्रभावकारी'
यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ।
गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढङ्गमा सङ्क्रमण पत्ता लगाउन सकिनेछ। त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ।
लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनका अनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ।
कुकुरको त्यो क्षमता विश्व स्वास्थ्य सङ्गठनले रोग निदान गर्न तोकेको मापदण्डभन्दा बढी छ।
source:- BBC

No comments

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

How to prepare Work Experience Program ( WEP ) or on the jo...

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Aama nepali cover song by Kalpana saud

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको...