महामारी रोकथाम नियन्त्रण र उपचारका लागि पूर्वराज परिवारद्वारा दुई करोड रुपैयाँ सहयोग

काठमाडौं : सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा पूर्वराज परिवारले दुई करोड रुपैयाँ सहयोग गरेकाे छ। 

पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत उक्त सहयोग गरिएको पूर्वराजाले मंगलबार एक विज्ञप्ति निकाल्दै जनाएका छन्। उक्त वक्तव्यमा कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको बताइएको छ। साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरिएको छ। 

यस्तो छ पूर्वराजाको वक्तव्य 

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्‍वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश

विश्‍वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं। देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ‍-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ।

यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ। 

महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरीलगायत  सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर  योगदान पुर्‍याउने सन्चारकर्मी एवं पत्रकारहरूप्रती हामी आभारी छौँ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं। 

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै  प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ। दुस्ख(कष्ट र आपत(बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्‍वास लिएका छौ।

भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,

जय नेपाल।
 Copied:-Thaha khabar

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav