एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएक...
एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।
यही अवस्था रहिरहे मन्दी आउन सक्ने भन्दै उनले पछिल्लो समय झन् अन्योल बढेको चेतावनी दिएका छन् ।
महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा उनले यस्तो बताएका हुन् ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ४२ हजारभन्दा बढी छ ।
No comments