पाकिस्तानमा राशन मुस्लिमलाई मात्र, हिन्दूलाई भनियो –यो तिम्रो लागि हैन

आपतविपद्मा धर्म, संस्कृति, देश र भेष हेरिँदैन भन्ने त भनाई नै छ । तर पाकिस्तानमा अहिले विभेद भइरहेको छ ।
विभिन्न समाचार सुत्रहरुका अनुसार पाकिस्तानमा कोरोना भाइरस ९कोभिड–१९० का कारण प्रभावितलाई रासन बाँड्दा मुस्लिमलाई मात्र बाँडिएको छ ।
हिन्दूहरुले माग्दा भने तिमीहरुका लागि हैन भनिएको छ ।
कोरोना भाइरसले पाकिस्तानमा १५९७ जना संक्रमित छन् । १४ जनाको ज्यान गइसकेको छ ।
इमरान खान सरकारले प्रभावित क्षेत्रमा राहत पुर्याउने प्रयास गरिरहेको छ । तर सिन्ध प्रान्तमा रहने अल्पसंख्यक हिन्दूहरुलाई भने खास भेदभाव गरिएको छ ।
पछिल्ला दिनहरुमा स्थानीय प्रशासनका तर्फबाट कराँचीमा मानिसहरुलाई रासन र अन्य जरुरी सामान बाँडिएको छ । तर हिन्दूहरुलाई खाली हात फर्काइएको छ ।
राहत बाँड्नेहरुले भनेका छन् कि त्यो केबल मुस्लिम समुदायका लागि हो ।
सिन्धमा करीव ५ लाख हिन्दू छन् । सिन्धमा सरकारले प्रशासन र एनजीओलाई राहत बाँड्ने जिम्मा दिएको छ ।
त्यहाँ करीव ३ हजार मानिस मद्धतका लागि जुटेका थिए । तर उनीहरुको स्वास्थ्य जाँच तथा स्क्रिनिङका लागि समेत कुनै पहल भएको थिएन ।
त्यहाँका हिन्दूहरुले आफूहरुमाथि अन्याय भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हारगुहार गरेका छन् ।

Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८