सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट
सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाएको डा. दासले जानकारी दिए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गत मार्च ८ र ९ तारिखमा तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि अस्पताल ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ । उनी...