Posts

Showing posts from March, 2020

भारतबाट कोरोना नेपाल भित्रिने सम्भावना, जमातमा सप्तरीकै बढी सहभागी रहेको आशंका

Image
राजविराज, १८ चैत्र भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा सहभागी भएकाहरुमध्ये ६ जना भन्दा बढी सप्तरीको राजविराज नगरपालिकाकै रहेको खुलेको छ । मरकजमा विश्वका १५ देशका सहभागी करिब १ हजार ७ सयमध्ये १९ जना नेपालकै रहेको खुल्न आएको छ । श्रोतका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये राजविराज नगरपालिका वडा नम्वर–६ का एक जना, वडा नम्वर ३ महम्मदपुरका दुई जना, वडा नम्वर १ का एक जना लगायतका छन् । सिमा नाका पूर्ण रुपमा सिल गरेपछि खुल्ला सिमानाका कारण उनीहरु रातीको समयमा प्रहरीलाई छलेर सोमवार राती राजविराज आईपुगेका छन् । मरकजबाट सहभागी भई घर फर्केका उनीहरु आफ्नै घरमा गोप्य रुपमा बस्दैआएको श्रोतको दाबी छ । यद्यपी वडा नम्वर ३ का अध्यक्ष मो.अख्तरले आफ्नो वडाबाट जमातमा ६ जना सहभागी भएको स्वीकार गर्दै उनीहरु सुनसरी जिल्लातर्फ रहेको आफुले जानकारी पाएको बताए । उनीहरु हाल कुन ठाउँमा छन् ? भनी प्रश्न गर्दा सम्पर्क बाहिर रहेकोले सम्पर्कमा आए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा लगिने दावी गरे । यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ बाट समेत भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा चा...

एक अर्ब ८१ करोडको भन्सार छुट लिएका निजी अस्पतालले संकटका वेला जनताका लागि गेट बन्द

Image
काठमाडाैं । जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्षमात्र ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा एक अर्ब ८१ करोड ३८ लाख भन्सार छुट लिएका निजी अस्पतालले अहिले जनता संकटमा पर्दा गेट बन्द गरेका छन् । आंशिक रुपमा खुलेका कतिपय अस्पतालले रुघाखोकी र ज्वरो आएकालाई मात्र होइन, पखाला लागेका र ढाड दुःखेका बिरामीलाई पनि भर्ना गर्न छाडेका छन् । स्वास्थ्य मन्त्रालयले सिफारिस गरेर गत आर्थिक वर्ष ०७५/७६ मा एक अर्ब ८१ करोड छुट दिएको थियो । छुटका लागि सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले जनउत्तरदायित्व पूरा नगर्दा कारबाही गरेको छैन । मन्त्रालयका अनुसार मेडिकल उपकरण, एम्बुलेन्स, बस, माइक्रोबसलगायतका सामग्री आयातमा अस्पतालहरूले कुल लागतको साढे १५ प्रतिशतसम्म भन्सार छुट पाउने गरेका छन् । गत वर्ष र चालू आर्थिक वर्षमा झापाको बी एन्ड सी अस्पतालले १२ करोड ४० लाख भन्सार छुट पाएको थियो । ८० करोडको सामग्री खरिद गरेको विवरण पेस गरेर बिएन्डसी अस्पताललाई १२ करोड ४० लाख छुट दिन गत २६ साउनमा स्वास्थ...

१ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान

Image
बेलबारी । थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबुराम चौधरीले आफनो छोराको जन्मदिनमा १ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान गरेका छन । चौधरीले छोरा तेजेन्द्र चौधरीको ८ औँ जन्मोत्सवका अबसरमा मंगलबार बेलबारी ७ र ८ का बिपन्न समुदायका परिवारलाई सो चामल बितरण गरेका हुन । हरेक बर्ष छोराको जन्मदिनमा फजुल खर्च कटाएर बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका चौधरीले बिश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट देश लकडाउन भोगिरहेको अबस्थामा बिपन्न समुदाय भोकभोकै परेपछि आफुले ६० हजार बराबरको १४ क्वीन्टल चामल बितरण गरेको चौधरीले बताए । बेलबारी ९ घर भएका चौधरी बेलबारी १ मा बेतना पुस्तक पसल सञ्चालन गर्छन । उनले बेलबारीका आधा दर्जन बढी बिद्यालयमा बिपन्न बर्गका बिद्यार्थीलाई हरेक बर्ष शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका छन ।

महामारी रोकथाम नियन्त्रण र उपचारका लागि पूर्वराज परिवारद्वारा दुई करोड रुपैयाँ सहयोग

Image
काठमाडौं :  सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा पूर्वराज परिवारले दुई करोड रुपैयाँ सहयोग गरेकाे छ।  पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत उक्त सहयोग गरिएको पूर्वराजाले मंगलबार एक विज्ञप्ति निकाल्दै जनाएका छन्। उक्त वक्तव्यमा कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको बताइएको छ। साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरिएको छ।  यस्तो छ पूर्वराजाको वक्तव्य  पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्‍वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश विश्‍वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं। देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ‍-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ।...

कोरोना जीवित भाइरस नभएको खुलाशा

Image
वाशिंगटन (एजेन्सी) । अमेरिकास्थित जोन होपकिंस विश्वविद्यालयले कोरोन संक्रमणलाई रोक्नका लागि केही महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। यसमा कोरोना भाइरसबारे महत्वपूर्ण जानकारी पनि दिइएको छ। र कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने के नगर्ने भन्नेबारे पनि सुझावहरु दिइएको छ। यो भाइरस कुनै जीवित जीव होइन। तर, एक प्रोटिन मोलीक्यूल (डीएनए) हो। यो लिपिड –फ्याट)को जालोले घेरिएको हुन्छ। यो जब आँखा वा नाक वा बुक्कल म्यूकोसा (एक किसिमको मुख क्यान्स)को सेल्ससँग मिल्छ, यसको जेनेटिक कोड परिवर्तन हुन्छ। यसले यो भाइरसलाई आक्रामक र मल्टीप्लायर सेल्समा बदलिदिन्छ। किनकी यो भाइरस कुनै जीव होइन बरु प्रोटिक मोलीक्यूल हो, त्यसेले यो मर्दैन बरु आफै नष्ट हुन्छ। यो नष्ट हुने समय तापक्रम, ह्यूमिडिटी र जुन म्यााटिरियलमाा छ त्यसमा भर पर्छ। यो भाइरस क्षणगुंर (फ्रेजाइल) हो। केवल एक चिजले यसलाई बचाउँछ, त्यो हो यसको पातलो बाहिरी जालो वा फ्याट। यसैकारण साबुन वा डिटर्जेन्ट यसको सबैभन्दा राम्रो उपाय हो। किनकी यसले फ्याटलाई काटिदिन्छ। यसका लागि तपाईँले हातलाई २० सेकेण्ड वा त्यसभन्दा धेरै समयसम्म रगड्नुपर्छ। किनकी...

सरकार बेखबर, अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न दिएनन्।

Image
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्। डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन्। डेरामा जाँदा घरभेटीले दुर्व्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ, उनले भने, यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु, उनले भने।  यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे।यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन...

शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा APF_police|yrupesh28@gmail.com|Rupesh prasaila Rupesh prasaila March 30, 2020 at 10:26AM *सेयर *सेयर, सेयर =शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा,कार्वाहीको माग सप्तरी,चैत १७ गते : सप्तरीको बलन बिहुल गाउँपालिका स्थित बलान खोलामा दुई युवाहरु शस्त्र प्रहरीद्वारा आइतबार कुटिएका छ्न । घरमा चहहिने अत्यावश्यक समानहरु किनमेल गरेरघर फर्किने बेलामा बलान विहुल गाउँपालिकामा सशस्त्र प्रहरीबाट दुई युवा कुटिएका हुन । उनिहरु बलान बिहुल गाउँपालिका ३ मौवहा बस्ने हरेकृष्ण साह र चन्दन यादव रहेको छ । कोरोना भाईरसलाई मध्यनजर गर्दै लकडाउनको उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । अहिले प्रहरी कतिपय ठाउँमा आतंकको नाममा बदनाम भैईरहदा सप्तरीमा ज्यादती गरेको भन्दै स्थानीयवासिन्दाहरुद्वारा आक्रोश ब्यक्त गरेका छ्न । उनीहरु अतिअावश्यक अाैषधी र घरायसी समान लिएर घर फर्किदै गर्दा बलान विहुल ४ बेल्हीकाे बलान नदिमा शस्त्र प्रहरी बल नेपाल बोर्डर रामनगर कोदरकट्टीका प्रहरीले मुर्गा बनाई बनाई ,उठबस गराई निर्घात कुटपिट गरेको पिडितहरुले गुनासो गरेका छ्न । घाईते दुबै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा अध्यक्षले बताए । लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने नेपाल सरकारले निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन् । #corona_lockdown #stay_at_home #APF_Nepal Video link:-https://youtu.be/FBrBLn55tyY Rupesh prasaila

Image
via IFTTT

Can veterinarians prevent the next pandemic?

Image
Can veterinarians prevent the next pandemic? Veterinary epidemiologists advocate for one-health approach to researching, responding to zoonoses By  R. Scott Nolen The   COVID-19  pandemic marks the third novel coronavirus outbreak of the 21st century. Unlike the viruses that cause severe acute respiratory syndrome and Middle East respiratory syndrome, which were associated with outbreaks limited in scope, SARS-CoV-2—the virus that causes COVID-19—burned across the globe in just over two months since the first case was reported last December in Wuhan, China. Most countries, including the United States, were soon scrambling to manage the public health crisis. On March 11, the World Health Organization officially declared COVID-19 a pandemic. At the time, the WHO stated that more than 118,000 human cases of coronavirus disease had been reported in 114 countries, along with nearly 4,300 human deaths. “We...

निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन

Image
निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए।

प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने

Image
प्रदेश नं २ का मुख्यमंत्री मा मोहम्मद लालबाबु राउत ज्युलाई सलाम लक डाउन अवधि भर प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने आईतबार बसेको मन्त्रपरिषद्को निर्णय । यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगन्जलाई २५ लाख उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ।

कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ

Image
कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई 'तालिम' कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ। विश्वभरि कोभिड-१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो। मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार "बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय" खोजी हुँदैछ। हामीलाई कोरोनाभाइरसबारे अझै थाहा नभएका नौ कुरा विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु "सिद्धान्तत: कुकुरले कोभिड-१९ पत्ता लगाउन सक्छ भन्नेमा हामी विश्वस्त छौँ,' उनले भनिन्। 'चाँडो र प्रभावकारी' यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ। गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभा...

कोरोना सङ्क्रमण परीक्षणको नतिजा नआउँदै ३४ वर्षीय व्यक्तिको आज मृत्यु

बुटवल। बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ। उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडाैं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए। उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए। घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए। एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आज पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले बताए। उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत डा खनालले जानकारी दिए। 

के गर्मी याममा सङ्क्रमण कम होला ?

Image
धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ। तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्। १. कति मानिस सङ्क्रमित भएका छन् यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो। तर यो निकै महत्त्वपूर्ण पनि छ। विश्वभरि लाखौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन्। के दोहोर्‍याएर कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ। त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ। २. यो कति घातक छ कति मानिसल...