Posts

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

Image
सप्तरी ।  भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाएको डा. दासले जानकारी दिए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गत मार्च ८ र ९ तारिखमा तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि अस्पताल ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ । उनी...

संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

Image
संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो काठमाडौँ । कोरोना भाइरसका कारण घरमै लकडाउनमा बसेका मानिसहरू भाइरस सम्बन्धी सिनेमाहरू अत्याधिकरुपमा हेरिरहेका छन् । यसरी जे कुराको त्रास छ त्यही विषयका सिनेमा हेर्ने प्रवृतीहरुलाई मनोविज्ञहरुले काउन्टर ईन्ट्यिूटिभा टेन्सी भन्ने गरेका छन् । कतिपय अवस्थामा मानिसहरूलाई पीडाबाट बाहिर  निकाल्न एक्पोजर थेरापीको रूपमा समेत मनो चिकित्सकहरुले जे विषयमा मानिस दुखमा परेको हो त्यही विषय सर्वत्र देखाइदिने पनि गर्ने गर्दछन् ।  उदाहरणको रूपमा यदि कोही मानिस सर्पको नाम सुन्दै आत्तिन्छ भने त्यसको हातमा सर्प थमाई दिने विधि हो । अहिले मानिसहरू कोरोना भाइरसबाट यति बढी त्रसित छन् की यस्तै प्रकारका महामारीका विषयमा बनेका सिनेमाहरू हेर्दा उनीहरूलाई एक ढङ्गले त्रासबाट थोरै भए पनि बाहिर निकाल्न सकिन्छ । अर्थात्, तनाव कम गर्न यो विधि सहायक बन्न सक्छ ।  त्यसैले यहाँ त्यस्ता २५ वटा चर्चित र अहिले विश्वभरिका मानिसहरूले हेरिरहेका सिनेमाहरूको चर्चा गरिएको छ । जुन तपाईँलाई समेत समय व्यातित गर्न र मानसिक तनावबाट नजानिँदो ढङ...

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ।

Image
सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ। बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको बताएका हुन्। उनले काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए। देवकोटाले भने, "चैत ४ गते दोहाबाट काठमाण्डू आएको QR 652 उडानमा आएका अर्का व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो। पहिला नै उक्त उडानमा आएका दुई जनामा सङ्क्रमण देखिएको थियो।" "कोभिड-१९ पोजिटिभ देखिपछि गर्ने कार्यहरू चिकित्सक र हाम्रा प्राविधिकहरूले गर्न थाल्नुभएको छ। यो भन्दा विस्तृत विवरण आउन बाँकी छ।" उपचार अधिकारीहरूका अनुसार यसअघि नेपालमा देखिएका कोभिड-१९ सङ्क्रमणका पाँचैवटा घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएका छन्। नेपालमा हालसम्म १,१ ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये १,१७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। पहिलो सङक्रमण ...

उत्तर कोरियाद्वारा 'कोरोना फ्रि' घोषणा

Image
रासस/एएफपी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो । उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन् । तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ । तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ । उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न...

नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?

Image
नामको मात्र अनलिमिटेड इन्टरनेट - के हो FUP ?     अनलिमिटेडको अर्थको असीमित - कुनै पनि प्रकारको बाधा र रोक नभएको । तर तपाईंले इन्टरनेट सेवा प्रदायकसँग लिएको “अनलिमिटेड” इन्टरनेट साचिकैमा असीमित नै होइन । सेवा प्रदायकहरूले FUP अर्थात् Fair Usage Policy ( उचित उपयोग नीति ) भन्दै प्रयोगकर्ताले कति इन्टरनेट प्रयोग गर्न पाउछन् भन्ने कुरामा सिमा लगाएका हुन्छन् ।   उक्त सिमाभन्दा बढी इन्टरनेट प्रयोग भएको खण्डमा सेवा प्रदायकले तपाईंको “अनलिमिटेड” इन्टरनेटलाई स्लो बनाउने गर्छन । कति इन्टरनेट प्रयोग गरेपछि स्लो गर्ने र कुन हदसम्म स्लो गर्ने भन्ने कुरा चाँही सेवा प्रदायकसँगै फरक फरक हुन्छ । नेपालका मुख्य इन्टरनेट सेवा प्रदायक सुविसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक आदि सबैले विगतका धेरै नै वर्षहरू देखि आफ्नै आफ्नै प्रकारको फेयर युजेज पोलिसीहरू लगाउँदै आएका छन् । FUP ले तपाईंलाई असर गर्छ त ? यदि तपाईंले सेवा प्रदायकले तोकेको भन्दा बढी डेटा प्रयोग गर्नु भयो भने तपाईंको स्पिडमा निकै ठूलो गिरावट आउनसक्छ । तर यदि तपाईं सेवा प्रदायकले तोकेकोभन्दा कम नै इन्टरनेट ...

जमातमा सहभागी सप्तरीका तीनजना फेला

Image
राजविराज, चैत १९ गते ।  भारतको नयाँ दिल्लीको जमातबाट फर्किएकामध्ये तीन जनालाई खोजी गरी बुधबार क्वारेन्टाइनमा पठाइएको छ । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागीहरुमा कोरोना भाइरस (कोभिड १९) भेटिएपछि तथा केहीको मृत्यु भएको खबर बाहिर आएपछि उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राखिएको हो । जमातमा नेपालबाट १९ जना सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएपछि सप्तरीमा खोजतालस सुरु गरिएको हो । यस जिल्लाबाट करिब एक दर्जन मुस्लिम समुदायका व्यक्तिहरु त्यस कार्यक्रममा सहभागी रहेको जनाएको छ । सो धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले बुधबार खोजेर क्वारेन्टाइनमा पठाइएको बताइएको छ । राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो । उनीहरुलाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको बताउनुभयो । केही दिनअघि दिल्लीबाट फर्किएका उनीहरु जिल्लाका ठूला व्य...

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी :करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ

Image
स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी :करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ । सरकारले भन्सार छुट दिएको परिमाणभन्दा २५ हजार बढी द्रुत परीक्षण किट (र्‍यापिड डाइग्नोस्टिक किट) ल्याएको र त्यसमा ५० लाख रुपैयाँ महसुल लाग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल भन्सार कार्यालयले रोकिदिएको छ। सरकारसँग भएको सम्झौताअनुसार कोरोना भइरस द्रुत परीक्षण किट भन्सार छुटमा ७५ हजार मात्रै ल्याउनुपर्ने थियो। ओम्नीले २५ हजार बढी किट ल्याई सरकारले दिएको भन्सार छुटको सुविधा उपयोग गरी नेपाल भित्र्याउन खोजेको पाइएको छ। सरकारका एक मन्त्रीले दिएको जानकारीअनुसार सम्झौताभन्दा बढी किट ल्याएको र करिब ५० लाख भन्सार महसुल लाग्छ भनेपछि भन्सारबाट ती सामान जाँचपास गराएको छैन। ५ प्रतिशत भन्सार महसुल र १८ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि सरकारले खरिद गरेका सामग्रीहरूसँगै थप किट पनि व...