Posts

भारतबाट कोरोना नेपाल भित्रिने सम्भावना, जमातमा सप्तरीकै बढी सहभागी रहेको आशंका

Image
राजविराज, १८ चैत्र भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा सहभागी भएकाहरुमध्ये ६ जना भन्दा बढी सप्तरीको राजविराज नगरपालिकाकै रहेको खुलेको छ । मरकजमा विश्वका १५ देशका सहभागी करिब १ हजार ७ सयमध्ये १९ जना नेपालकै रहेको खुल्न आएको छ । श्रोतका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये राजविराज नगरपालिका वडा नम्वर–६ का एक जना, वडा नम्वर ३ महम्मदपुरका दुई जना, वडा नम्वर १ का एक जना लगायतका छन् । सिमा नाका पूर्ण रुपमा सिल गरेपछि खुल्ला सिमानाका कारण उनीहरु रातीको समयमा प्रहरीलाई छलेर सोमवार राती राजविराज आईपुगेका छन् । मरकजबाट सहभागी भई घर फर्केका उनीहरु आफ्नै घरमा गोप्य रुपमा बस्दैआएको श्रोतको दाबी छ । यद्यपी वडा नम्वर ३ का अध्यक्ष मो.अख्तरले आफ्नो वडाबाट जमातमा ६ जना सहभागी भएको स्वीकार गर्दै उनीहरु सुनसरी जिल्लातर्फ रहेको आफुले जानकारी पाएको बताए । उनीहरु हाल कुन ठाउँमा छन् ? भनी प्रश्न गर्दा सम्पर्क बाहिर रहेकोले सम्पर्कमा आए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा लगिने दावी गरे । यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ बाट समेत भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा चा...

एक अर्ब ८१ करोडको भन्सार छुट लिएका निजी अस्पतालले संकटका वेला जनताका लागि गेट बन्द

Image
काठमाडाैं । जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्षमात्र ११ अर्ब ७० करोड २३ लाखको सामग्री खरिद गर्दा एक अर्ब ८१ करोड ३८ लाख भन्सार छुट लिएका निजी अस्पतालले अहिले जनता संकटमा पर्दा गेट बन्द गरेका छन् । आंशिक रुपमा खुलेका कतिपय अस्पतालले रुघाखोकी र ज्वरो आएकालाई मात्र होइन, पखाला लागेका र ढाड दुःखेका बिरामीलाई पनि भर्ना गर्न छाडेका छन् । स्वास्थ्य मन्त्रालयले सिफारिस गरेर गत आर्थिक वर्ष ०७५/७६ मा एक अर्ब ८१ करोड छुट दिएको थियो । छुटका लागि सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले जनउत्तरदायित्व पूरा नगर्दा कारबाही गरेको छैन । मन्त्रालयका अनुसार मेडिकल उपकरण, एम्बुलेन्स, बस, माइक्रोबसलगायतका सामग्री आयातमा अस्पतालहरूले कुल लागतको साढे १५ प्रतिशतसम्म भन्सार छुट पाउने गरेका छन् । गत वर्ष र चालू आर्थिक वर्षमा झापाको बी एन्ड सी अस्पतालले १२ करोड ४० लाख भन्सार छुट पाएको थियो । ८० करोडको सामग्री खरिद गरेको विवरण पेस गरेर बिएन्डसी अस्पताललाई १२ करोड ४० लाख छुट दिन गत २६ साउनमा स्वास्थ...

१ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान

Image
बेलबारी । थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबुराम चौधरीले आफनो छोराको जन्मदिनमा १ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान गरेका छन । चौधरीले छोरा तेजेन्द्र चौधरीको ८ औँ जन्मोत्सवका अबसरमा मंगलबार बेलबारी ७ र ८ का बिपन्न समुदायका परिवारलाई सो चामल बितरण गरेका हुन । हरेक बर्ष छोराको जन्मदिनमा फजुल खर्च कटाएर बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका चौधरीले बिश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट देश लकडाउन भोगिरहेको अबस्थामा बिपन्न समुदाय भोकभोकै परेपछि आफुले ६० हजार बराबरको १४ क्वीन्टल चामल बितरण गरेको चौधरीले बताए । बेलबारी ९ घर भएका चौधरी बेलबारी १ मा बेतना पुस्तक पसल सञ्चालन गर्छन । उनले बेलबारीका आधा दर्जन बढी बिद्यालयमा बिपन्न बर्गका बिद्यार्थीलाई हरेक बर्ष शैक्षिक सामाग्री हस्तान्तरण गर्दै आएका छन ।

महामारी रोकथाम नियन्त्रण र उपचारका लागि पूर्वराज परिवारद्वारा दुई करोड रुपैयाँ सहयोग

Image
काठमाडौं :  सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा पूर्वराज परिवारले दुई करोड रुपैयाँ सहयोग गरेकाे छ।  पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत उक्त सहयोग गरिएको पूर्वराजाले मंगलबार एक विज्ञप्ति निकाल्दै जनाएका छन्। उक्त वक्तव्यमा कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको बताइएको छ। साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरिएको छ।  यस्तो छ पूर्वराजाको वक्तव्य  पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्‍वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश विश्‍वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं। देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ‍-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ।...

कोरोना जीवित भाइरस नभएको खुलाशा

Image
वाशिंगटन (एजेन्सी) । अमेरिकास्थित जोन होपकिंस विश्वविद्यालयले कोरोन संक्रमणलाई रोक्नका लागि केही महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। यसमा कोरोना भाइरसबारे महत्वपूर्ण जानकारी पनि दिइएको छ। र कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने के नगर्ने भन्नेबारे पनि सुझावहरु दिइएको छ। यो भाइरस कुनै जीवित जीव होइन। तर, एक प्रोटिन मोलीक्यूल (डीएनए) हो। यो लिपिड –फ्याट)को जालोले घेरिएको हुन्छ। यो जब आँखा वा नाक वा बुक्कल म्यूकोसा (एक किसिमको मुख क्यान्स)को सेल्ससँग मिल्छ, यसको जेनेटिक कोड परिवर्तन हुन्छ। यसले यो भाइरसलाई आक्रामक र मल्टीप्लायर सेल्समा बदलिदिन्छ। किनकी यो भाइरस कुनै जीव होइन बरु प्रोटिक मोलीक्यूल हो, त्यसेले यो मर्दैन बरु आफै नष्ट हुन्छ। यो नष्ट हुने समय तापक्रम, ह्यूमिडिटी र जुन म्यााटिरियलमाा छ त्यसमा भर पर्छ। यो भाइरस क्षणगुंर (फ्रेजाइल) हो। केवल एक चिजले यसलाई बचाउँछ, त्यो हो यसको पातलो बाहिरी जालो वा फ्याट। यसैकारण साबुन वा डिटर्जेन्ट यसको सबैभन्दा राम्रो उपाय हो। किनकी यसले फ्याटलाई काटिदिन्छ। यसका लागि तपाईँले हातलाई २० सेकेण्ड वा त्यसभन्दा धेरै समयसम्म रगड्नुपर्छ। किनकी...

सरकार बेखबर, अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न दिएनन्।

Image
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन्। डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन्। डेरामा जाँदा घरभेटीले दुर्व्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ, उनले भने, यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु, उनले भने।  यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे।यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन...

शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा APF_police|yrupesh28@gmail.com|Rupesh prasaila Rupesh prasaila March 30, 2020 at 10:26AM *सेयर *सेयर, सेयर =शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा,कार्वाहीको माग सप्तरी,चैत १७ गते : सप्तरीको बलन बिहुल गाउँपालिका स्थित बलान खोलामा दुई युवाहरु शस्त्र प्रहरीद्वारा आइतबार कुटिएका छ्न । घरमा चहहिने अत्यावश्यक समानहरु किनमेल गरेरघर फर्किने बेलामा बलान विहुल गाउँपालिकामा सशस्त्र प्रहरीबाट दुई युवा कुटिएका हुन । उनिहरु बलान बिहुल गाउँपालिका ३ मौवहा बस्ने हरेकृष्ण साह र चन्दन यादव रहेको छ । कोरोना भाईरसलाई मध्यनजर गर्दै लकडाउनको उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । अहिले प्रहरी कतिपय ठाउँमा आतंकको नाममा बदनाम भैईरहदा सप्तरीमा ज्यादती गरेको भन्दै स्थानीयवासिन्दाहरुद्वारा आक्रोश ब्यक्त गरेका छ्न । उनीहरु अतिअावश्यक अाैषधी र घरायसी समान लिएर घर फर्किदै गर्दा बलान विहुल ४ बेल्हीकाे बलान नदिमा शस्त्र प्रहरी बल नेपाल बोर्डर रामनगर कोदरकट्टीका प्रहरीले मुर्गा बनाई बनाई ,उठबस गराई निर्घात कुटपिट गरेको पिडितहरुले गुनासो गरेका छ्न । घाईते दुबै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा अध्यक्षले बताए । लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने नेपाल सरकारले निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन् । #corona_lockdown #stay_at_home #APF_Nepal Video link:-https://youtu.be/FBrBLn55tyY Rupesh prasaila

Image
via IFTTT