कहाँ सुतेछन नेपाल सरकार ? #UniteForOurDevNarayanYadav

कहाँ सुतेछन नेपाल सरकार ?
"दशगज्जा झडप (आन्दोलन) का अगुवा देब नारायण यादब छोरा सहीत भारतिय प्रहरी को नियन्त्रणमा ।"
"भारत ले एकतर्फी बाँध बाँध्दै गर्दा भारतीय सँग लडेर भएनी बाँध रोक्ने देवनारायण यादब अहिले भारतीय प्रहरी को हिरासत मा।"
--------------
एक वर्ष पुर्व सप्तरी जिल्ला को तिलाठी कोईलाडी गाउँपालिका को तिलाठी बस्ती स्थीत दशगज्जा भएर बग्ने खाँडौ नदी मा भारतीय  हरु द्वारा भारत सरकार को निगरानी मा बाँध बाँध्न आएका भारतीय सँग भिडन्त सम्म गर्न गएका देबनारायण यादव  अहिले भारतीय #प्रहरी  को कब्जामा।
आज उहाँ भारतीय सिमा पार गरि, "हिजो राति नै कुनौली,भारत को दुर्गा मन्दीर स्थीत नाटक हेर्न गएका छोरा बिहान सम्म घर नफर्किँदा" छोरा लाई लिन भारत जाँदा उहाँलाई भारतीय प्रहरी ले त्यहीँ एक वर्ष अघि को मुद्दा मा समातियो र चलान गरि भारत को बिरपुर-सुपोल स्थीत जेल मा पठाएका छन।
"यी उनै देव नारायण यादव हुन् जसले एक वर्ष पहिले सप्तरीको तिलाठीमा भारतीय सुरक्षा बललाई एकतर्फी रुपले बाँध बनाउन बाट रोकेका थिए । भारतीय सुरक्षा बलसँग भिड्दा रक्ताम्य भएका थिए । अनि यिनको बगेको रगतको सम्मान गर्दै राष्ट्रवादी नेपालीहरुले यिनलाई ढाका टोपी लगाइ दिएका थिए । आज तिनै यादवलाई त्यही कसुरमा भारतीय प्रहरीले समातेको छ । हाम्रो राष्ट्रवाद यतिखेर पनि उम्लिनु पर्ने हो नी, हैन ? हाम्रा सेना र सशस्त्र बल आफ्नै देशको जनतामाथि गोली बर्साउन प्रयोग गरिन्छ अनि देशको सीमा र सीमा क्षेत्रका जनताको सुरक्षा कसले गरोस् ! नेपालको सीमारक्षक हरुको रक्षा गर सरकार ! होइन भने भोलीको दिनमा कुनै पनि देवनारायण यादवले आफ्नो गाउँ र देशको सीमा रक्षाको लागि लड्ने आँट गर्ने छैनन् र त्यो नेपालको लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ !"
याद गर्नुस उहाँ त्यहीँ देवनारायण यादब हुन  जसलाई नेपाल सरकार ले राष्ट्रवाद को तक्मा दिएका थिए। के नेपाल सरकार आफ्नो तक्मा को समेत रक्षार्थ कदम चाल्न सक्दैनन?"
#UniteForOurDevNarayanYadav

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav