निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश ।


निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश  



आश्विन २९, २०७४-निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा यादवलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि बोल्दै यादवले राप्रपा अध्यक्ष कमल थापाले कांग्रेससँग गठबन्धन गरेकोमा आफ्नो असन्तुष्टि रहेको बताउँदै एमाले प्रवेश गरेको बताए । ‘एमाले अध्यक्ष केपी ओली एक नम्बर राष्ट्रवादी र विकासवादी नेता हुनुहुन्छ, म राप्रपामा हुँदा कमल थापाले पनि यसरी नै समीक्षा गर्नुभएको थियो,’ एमालेले हिमाल पहाड तराई जोड्ने काम गरेको भन्दै यादवले भने, ‘तर कमलजी कांग्रेससँग गठबन्धन गर्न जाँदा चित्त बुझेन ।’
यादवले ठूलो पार्टीमा काम गर्ने इच्छा स्वभाविक भएको बताउँदै भने, ‘भ्यागुत्तो जसरी पोखरी, इनार हुँदै समुद्रमा जान्छ, म पनि सानो पार्टीबाट एमालेजस्तो ठूलो पार्टीमा आएर काम गर्न चाहन्छु ।’
१० पढ्दासम्म आफू कम्युनिष्ट थिए नै भएको बताउँदै यादवले अहिले संयोगले एमालेमा जोडिन पाउँदा खुसी महसुस भएको उल्लेख गरे ।
२००७ सालमा सप्तरीको योगिनियामा जन्मिएका यादव ०३३ सालमा प्रधानपञ्च र २०४९ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए । शाहीकालका जिविस उपसभापति रहेका उनी २०७० सालमा राप्रपाबाट समानुपातिक सांसद निर्वाचित भएका थिए ।
०७२ असोजमा एमाले–माओवादी–राप्रपाको गठबन्धनबाट यादव उपसभामुख निर्वाचित भएका थिए ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा विविध कारणले २ नम्बर प्रदेशमा एमाले दोस्रो पार्टी भएको उल्लेख गर्दै अबको चुनावमा पहिलो पार्टी नै हुने दाबी गरे । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमाले पहिलोमात्रै होइन, अत्यधिक बहुमतसहितको ठूलो पार्टी हुने बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, रघुवीर महासेठलगायतको उपस्थिति थियो

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.