इन्टरनेटमा भाइरल हुँदै यी युवतीको फोटो, सुन्दरता होइन अर्कै छ भाइरल हुने कारण

एजेन्सी। क्यानडाकी क्लेरी नामकी युवतीको फोटो पछिल्लो समय इन्टरनेटमा निकै भाइरल भइरहेको छ । तर, फोटो भाइरल हुनुको कारण यी युवतीको सुन्दरता होइन कारण अर्कै छ । वास्तवमा यी युवतीको फोटो भाइरल हुनुको कारण यिनको उमेर हो । क्लेरीले जब फेसबुक पेजमा आफ्नो उमेर बताइन् यसले उनका फलोअरहरु निकै चकित परे । क्लेरीको जन्म २२ जनवरी १९९८ मा भएको थियो । उनको उमेर अहिले १९ वर्षको मात्र छ । तर उनको शरीरको फिटनेस हेर्दा उनको उमेरको अनुमान गर्न निकै कठिन छ । क्लेरी आफ्नो उमेरभन्दा कैयौं ठूली देखिन्छिन् । क्लेरी १५ वर्षको उमेरदेखि मोडलिङ र विज्ञापन सुटिङ गरिरहेकी छिन् । जब पहिलोपटक मानिसहरुले उनको उमेर थाहा पाए उनीहरुलाई यो कुरामा विश्वास लागेन । तर, पछि क्लेरीले नै सबैको सामु यो सत्य सार्वजनिक गरिन् । क्लेरीले आफ्नो इन्स्टाग्राम र युटुब च्यानलबाट फिटनेस टिप्स दिन्छिन् । सोसल मिडियामा उनका ३ लाखभन्दा बढी फलोअर छन् ।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.