१० कक्षा पास गर्ने बित्तिकै बाबाले एउटा क्लियर ब्याग ल्याई दिनुभयो । भन्नू भयो, तेरा सबै कागज पत्र अब यहि ब्यागमा सम्हालेर राखेस् । मैले पनि...
१० कक्षा पास गर्ने बित्तिकै बाबाले एउटा क्लियर ब्याग ल्याई दिनुभयो । भन्नू भयो, तेरा सबै कागज पत्र अब यहि ब्यागमा सम्हालेर राखेस् । मैले पनि त्यसै गर्न थाले । ११/१२ सक्किदै गर्दा, क्लियर ब्याग नि भरिदै गयो । सुरुमा अल-अलि मात्र माया लाग्ने क्लियर ब्यागको झन माया लाग्दै गयो । ब्याचलर सक्काउन जेल सम्म त, मोटाएर फुट्लाझै भएको थियो, मेरो क्लियर ब्याग । मरो मिहनतले भुक्क फूलेको मेरो क्लियर ब्याग मलाई, प्राण भन्दा प्रिय लाग्थ्यो । मैले भबिष्य, सपना अनि खुसी हरु जोगाएकोझै भान गराउथ्यो । त्यसपछि म क्लियर ब्याग बोकेर धाउन थाले, मैले क्लियर ब्याग संग सजाएका सपना तिर । सामान्य रुपमा भन्दा जागिर खोज्न तिर, कमाउन तिर । प्राईभेटले पावर खोज्यो, सरकारीले जात। म अचम्ममा परे, कसैले मेरो क्लियर ब्यागको खबर सोधेनन् । एक दुई ठाउँ केही न सोधिपनि बोलाउन खोजे तर मनले मानेन । मेरो क्लियर ब्यागको भार भन्दा निकैनै कम थियो उनीहरुको मोल । म बिरक्तिए । मलाई क्लियर ब्यागको माया लाग्न छाड्दै थियो । त्यहिपनि पासपोर्ट राखेर क्लियर ब्यागलाई एक पल्ट भर्न मन लाग्यो । त्यसै गरे पनि । दरो झगडा गरेछन्, पासपोर्ट र शैक्षिक कागजपत्रले । उचालेर पछारीदियो, एउटा पासपोर्टले, सयौ काजगलाई । अन्तिममा, आज म बिदेशमा छु । मेरो क्लियर ब्याग होला कतै सिरानी मुनि । आजकाल पासपोर्टको अत्ति माया लाग्छ । खासमा बाबा पनि त्यति सारो चासो राख्नुहुन्न मेरो क्लियर ब्यागको ।
No comments