थारू तथा मैथली समूदायका महिलाहरूद्वारा सामाचकेवा पर्व मनाउॅदै



थारू तथा मैथली समूदायका महिलाहरूद्वारा सामाचकेवा पर्व मनाउॅदै

Posted by Rupeshprasaila.blogspot.com 




थारू तथा मैथली समूदायका महिलाहरूद्वारा सामाचकेवा पर्व मनाउॅदै

थारु र मैथली समुदायका महिलाहरुले समाचकेवा
पर्व धुमधामका साथ मनाइरहेका छन् ।
भाइटीकाको भोलिपल्टदेखि कात्तिक
पूर्णिमासम्म मनाइने यो पर्वमा
दिदीबहिनीहरुले माटोका विभिन्न
मुर्तीहरु समाचकेवा, सतभैया, चुगला,
चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती
बनाएर खेल्ने गर्दछन् ।

यो पर्व मैथिलानी र थारु समुदायका
महिलाहरुले मनाउने गर्छन । ग्रामीण
क्षेत्रमा अझैं पनि पर्वको लोकप्रियता
कायम छ भने तराईका सहरी क्षेत्रमा
क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा
कमी आएको महशुस गर्न थालिएको छ ।
काँचो माटोले बनाइएका मानव, चरा र
जनावरलगायतका मूर्तिलाई ‘सामा’ र
सोही सामालाई आगोमा पकाएमा
त्यसलाई ‘चकेबा’ भनिन्छ ।
भगवान कृष्णकी सुपुत्रीको नाम सामा
थियो । भगवान कृष्णले आफ्नी छोरीलाई
‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव
योनीमा फर्काउनमा सामाका भाइ
साम्बले खेलेको भूमिकाको विषय यस
पर्वसँग जोडिएको छ ।
सामाकी नोकरानी डिहुलीले सामा
बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग
रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन्
। भगवान कृष्ण आवेशमा आएर सामा र
बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने
श्राप दिए ।
सामाको भाइ साम्बले यी विषयहरुमा
जानकारी पाएपछि आफ्नी दिदीलाई
श्रापबाट मुक्त गराउनका लागि घोर
तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले
सामासहित सवै ऋषिहरुलाई श्रापबाट
मुक्त गरे ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार
गरेकाले अवदेखि जसले माटोको सामा
बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्,
उसका दाजुभाइ दीर्घायु हुने बरदान
दिएकाले यो पर्व मनाउन थालिएको
भविष्यपुराणमा उल्लेख गरिएको छ ।
यस पर्वका लागि छठ पर्वको खरनादेखि
माटाका मूर्तिहरु बनाउने कार्यको
थालनी हुन्छ । सो दिन सिरी सामा,
दोश्रो दिन चकेबाका साथै एक पातिमा
बसेका सातवटा चरा जसलाई सतभैंया
भनिन्छ, त्यसपछि क्रमिकरुपमा खररुची
भैया, बाटो बहिनो, दुई मुखवाला चरा,
भाग्य चक्रका कारण विमुख भएका
दाजुबहिनीको मूति बनाइन्छ । यसका
साथै बृन्दावन जङ्गल, भूmठो कुरा लगाउने
चुगलखोरका साथै बनाइएका ती
मूर्तिहरुलाई विभिन्न रङमा रङ्गाउने कार्य
गरिन्छ ।
यस पर्वमा सवैभन्दा रोचक भनेको
दिदीबहिनीहरुले पर्वको अवधिभर
बेलुकीको समयमा दाजुभाइको प्रशंसाका
साथै आशीष दिने खालका सामा गीत
गाउने गरिन्छ । सोही क्रममा आपूmलाई
चाहिएका सरसामानहरु पनि गीतको
माध्यमबाट सुनाउने प्रचलन पनि रहेको छ ।
त्यसपछि, कात्तिक पूर्णिमाको
मध्यरात्रिमा महिलाहरुले आ–आफ्ना
घरबाट गीत गाउँदै चौंवाटोमा भेला भएर
पर्वको अन्तिम रुप दिने गर्छन् ।
सो अवसरमा सवैभन्दा पहिले भाइले सामा
फोडेपछि चुगला र बृन्दावन जलाइन्छ । एक
अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने
क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर
‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ

यस पर्वमा प्रसादको रुपमा नयाँ धानको
चिउरा, दही, मिठाईका साथै नयाँ
धानको बाला समेत राख्ने गरिन्छ ।
द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा
वृन्दावन जंगलमा घुम्न जाँदा ऋषिसँग रमन
गरेको झूठो कुरा सेविका डिहुलीले
कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले
सामा र वृन्दावनका समस्त ऋषिलाई चरा
बन्ने श्राप दिएका थिए ।
भाइले दिदीलाई श्रापबाट मुक्त
गराएकाले सोही दिनदेखि माटाको
सामाचकेवा पर्व मनाउ थालिएको
जनविश्वास छ ।
Plz Share th e Post:-

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav