बंगलादेशमा १५ वटा हिन्दु मन्दिरमाथि हमला

बंगलादेशमा १५ वटा हिन्दु मन्दिरमाथि हमला
bangal१६ कात्तिक,। बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ ।
बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको मन्दिर र घरलाई निशाना बनाएका छन् ।
बंगलादेश प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार त्यहाँका हिन्दुहरुका करिब २० वटा घर जलेका छन् ।
त्यसैगरी कम्तिमा १५ वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ । मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार बनाइरहेका थिए ।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.