प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद

प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद
२०७४ भदौ २० गते १४:५८

भनिन्छ ‘प्रेम अन्धो हुन्छ’ । यो भनाईलाई जापानकी राजकुमारी माकोले पुष्टि गरेकी छन् । उनले आफ्नो प्रेम प्राप्तीका लागि शाही पद र दरबार त्यागेकी छन् ।

सामान्य परिवारका एक युवासँग गहिरो प्रेममा रहेको खुलासा ५ महिनाअघि नै भएपनि जापानी राजकुमारी माकोले शाही पद त्यागेर इन्गेजमेन्ट गरेकी छन् ।

ती सामान्य युवा हुन् कोमुरो । उनसँग राजकुमारी माकोले साही पद त्यागेर इङ्गेजमेन्ट गरेपछि उनीहरुबीच विवाह निश्चित भएको छ । जापानको राजसंस्था पितृ परम्परामा आधारित छ, जसअनुसार शाही परिवारका कुनै सदस्यले सामान्य व्यक्तिसँग विवाह गरेको खण्डमा आफ्नो पद गुमाउनु पर्छ ।

२५ वर्षीय माको जापानी राजा अकिहितोको दोस्रो छोरा राजकुमार अकिसिनोकी ठूलो छोरी हुन् । आफ्नो शाही पद गुमे पनि खुसी रहेको माकोले प्रतिक्रिया दिएकी छिन् । बीबीसी

Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८