प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद

प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद
२०७४ भदौ २० गते १४:५८

भनिन्छ ‘प्रेम अन्धो हुन्छ’ । यो भनाईलाई जापानकी राजकुमारी माकोले पुष्टि गरेकी छन् । उनले आफ्नो प्रेम प्राप्तीका लागि शाही पद र दरबार त्यागेकी छन् ।

सामान्य परिवारका एक युवासँग गहिरो प्रेममा रहेको खुलासा ५ महिनाअघि नै भएपनि जापानी राजकुमारी माकोले शाही पद त्यागेर इन्गेजमेन्ट गरेकी छन् ।

ती सामान्य युवा हुन् कोमुरो । उनसँग राजकुमारी माकोले साही पद त्यागेर इङ्गेजमेन्ट गरेपछि उनीहरुबीच विवाह निश्चित भएको छ । जापानको राजसंस्था पितृ परम्परामा आधारित छ, जसअनुसार शाही परिवारका कुनै सदस्यले सामान्य व्यक्तिसँग विवाह गरेको खण्डमा आफ्नो पद गुमाउनु पर्छ ।

२५ वर्षीय माको जापानी राजा अकिहितोको दोस्रो छोरा राजकुमार अकिसिनोकी ठूलो छोरी हुन् । आफ्नो शाही पद गुमे पनि खुसी रहेको माकोले प्रतिक्रिया दिएकी छिन् । बीबीसी

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८