के गर्मी याममा सङ्क्रमण कम होला ?
धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ। तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्। १. कति मानिस सङ्क्रमित भएका छन् यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो। तर यो निकै महत्त्वपूर्ण पनि छ। विश्वभरि लाखौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन्। के दोहोर्याएर कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ। त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ। २. यो कति घातक छ कति मानिसल...