‘सेक्स बिना रहन सक्दैन सलमान,’

२०७४ जेठ १३ गते ११:११ 


फिल्ममेकर करण जौहर उमेरले ४५ बर्ष पुगेका छन् । मुम्बई, महाराष्ट्रमा जन्भिएका करण फिल्म निर्देशक/निर्माताको रुपमा जति चर्चित छन्, उत्तिनै टेलिभिजन प्रस्तोताको रुपमा पनि । उनको शो ‘कफि विथ करण’को पाँच सिजन अहिलेसम्म टेलिकास्ट भइसकेको छ । चर्चा छ कि, उनी चाडै छैठौं सिजन लिएर आउँदैछन् ।

जब भाईले भने, सलमान सेक्स विना रहन सक्दैन

–   शोको पाँचौ सिजनमा सलमान खानका भाई अरबाजले यस्तो संकेत गरेका थिए कि सलमान खान सेक्स र वर्कआउट विना एक महिनापनि रहन सक्दैन । एपिसोडमा र्‍यापिड फायर सीजनमा जब करणले सोधे, ‘जो एक महिना बिना सेक्सको च्यालेन्ज स्विकार गर्न सक्दैनन् ?’ जवाफमा अरबाजले सलमानको नाम लिए । त्यसपछि सलमान हासे ।

जब अरबाज-सोहेलले भने कि सलमानको बिहे चाहँदैनथे

एक एपिसोडामा सलमानका भाई अरबाज र सोहेल एकसाथ कार्यक्रममा पुगेका थिए । करणले उनीहरुलाई सोधे, ‘के अब सलमानको बिवाह गराउनु पर्छ ?’

दुबै भाईले एक सुरमा भने, ‘हुन्न ।’

किन ? भन्ने करणको जिज्ञासामा अरबाजले यसो भने, ‘किनभने उनको आसपासमा जे भइरहेको छ, त्यो उनले स्पष्टसँगले देखिरहेका छन् ।’

जब सलमानले भने, ‘म भर्जिन हुँ’

डिसेम्बर २०१३ को एपिसोडमा सलमानले आफु भर्जिन रहेको दावी गरेका थिए । उनले भनेका थिए, ‘म भर्जिन छु र बिवाह नभएसम्म यस्तै अवस्थामा रहनेछु ।’

यो भनाईमा कति सत्यता थियो ? यद्यपी त्यस बखत त्यस भनाईले निकै चर्चा पाएको थियो ।

रणबीरलाई कन्डोम गिफ्ट दिन चाहने दीपिका

दीपिका कफी विथ करणको तेस्रो सिजनमा पुगेकी थिइन् । त्यसबेला उनको ब्रेकअप भइसकेको थियो । त्यस अवस्थामा उनले रणबीरको प्लेब्वाई छवीको मजाक उडाएका थिए । शोमा दीपिकालाई सोधिएको थियो, गिफ्टमा रणबीरलाई के उपहार दिन चाहन्छौं । दीपिकाले निसंकोच भनिन्, ‘कन्डोम ।’

जब शाहरुखले भने, यदि सलमान रिसकाएको छ भने मेरो गल्ती हो 

सिजन ३ को एक एपिसोडमा शाहरुखलाई उनको र सलमानको सम्बन्धको बारेमा प्रश्न गरिएको थियो । जवफमा शाहरुखले भनेका थिए, ‘यदि सलमान रिसाएका छन् भने सत प्रतिशत मेरो गल्ती हो ।’

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav